Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जूजु धौ जीवन - Himalkhabar.com

व्यक्तित्वसोमबार, आषाढ ३१, २०७०

जूजु धौ जीवन

हिमालखबर

विगत ३३ वर्षदेखि जुजु धौ (दही)को कारोबारमा संलग्न भक्तपुर बोडेका गौतम था(५१)ले सानो थिमीको सडक पेटीमा ब्यापार थालेको ९ वर्ष लाग्यो । घरैमा राम्ररी चलेको व्यावसाय पौने एक घन्टा परको सडकमा निकाल्नुको कारण चाहिँ डायविटिज (चिनी) रोग हो । उनले जुजु धौ बेचेरै तीन सन्तानलाई सक्षम बनाए । उनको छोरा सुजित हरिथा श्रेष्ठ बेलायतमा कृर्षि वैज्ञानिक छन् भने कान्छि छोरी रिताले भक्तपुरमा व्युटि पार्लर चलाईरहेकी छन् । “जेठी कविता चाही तपाईजस्तै फोटो खिच्ने पत्रकार हो”, गौतमले गर्वसाथ भने ।

जीवन संगिनीले खेती र घर–व्यवहार धानीदिएपछि गौतमलाई दाँया बायाँको पिर नलिइ दही कारोबार गर्न सजिलो भएको छ । गौतमलाई नमजा चाहिँ के छ भने उनले आफूसँगै भएका छोरीहरूको मुख हेर्न पनि ठुलो चाडबाड नै आउनुपर्छ । कारण, उनी विहान ४–५ बिहान बजेदेखि राती १२:३० बजे काममा व्यस्त हुन्छन् । दिउँसो आ–आफ्नो काममा लाग्ने छोरीहरू बाबु घरमा हुँदा धेरैजसो मस्त निद्रामा हुन्छन् ।

काजु–किसमिस, नरिवल, बदाम, सुकुमेल आदि खुस्वुदार मसाला राखेर दही बनाउने कलामा साढे तिन दशकको अनुभव बोकेका गौतमलाई माग धान्न हम्मेहम्मे परेको छ । खर्पनमा ६ नाङ्गलो दही राखेर बिहान १० बजे थिमि आईपुग्ने उनी जति बेला कतरा रित्तिएपछि घर फर्कन्छन् । आउँदा–जाँदा पैदल यात्रा हुन्छ । यो श्रमबाट उनी सन्तुष्ट छन्, किनभने यसले रोग नियन्त्रण गरेको छ । तर, यसमा एउटा सारै नमज्जा छ । गौतम भन्छन्, “आफुलाई पनि जुजुधौ खान सारै मन हुन्छ, तर वास्नामा चित्त बुझाउनुपर्छ, के गर्ने ?”

दही खान नपाउनुको पिडा सहेरै उनको व्यवहार मजाले चलेको छ । रु.३० दरका कतरा बेच्ने गौतम महिनामा २०,२५ हजार नाफा हुने सुनाउँछन् । छोराले धेरै दुःख नगर्नु भनेपनि काम नगर्दा उनी बिरामी हुन्छन् । “छोराछोरी त कराउँछन्, तर दहिको खर्पन बोक्न छाडेँ भने त रोगले मलाई थिचिहाल्छ नि !”, गौतमले भने ।

जीवनमा कुल मिलाएर तीन पटक भक्तपुर र दुई पटक काठमाडौं पुगेका गौतम थालाई घरीघरी आफ्नो जीवनसंग अचम्म लाग्छ । किन त ? “हैन, जुजु धौ बनाउँदा बनाउँदै यो त सकिसक्यो भन्या !” गौतमले भने । मन परेको महिलासँग घरबार जम्यो, छोराछोरी ज्ञानी भए, अब के गर्नलाई जीवन सकिएको चिन्ता त ? “त्यै त भन्या, जीवन यसरी बित्ला भन्ने लागेकै थिएन, अचम्म छ बा”, उनी भन्छन् ।

देबकी विष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>