ब्लगसोमबार, आषाढ ३१, २०७०

अन्तिममा मतदाता बन्नेको लाम(फोटो फिचर)

dewaki

काठमाण्डौ जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय बबरमहलमा नामावली दर्ता गराउनेहरूको यस्तो भिड लागेको हो ।  राजधानीमा आएर पढ्ने विद्यार्थीदेखि कार्य व्यस्तताले गर्दा आफ्नो गृह जिल्ला जान नपाएका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरुको भिड जम्मा भएको थियो । अन्तिम दिन राति काठमाडौंमा नौ बजेसम्म नामावली दर्ता भएको थियो । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार देशभरी असार मसान्तसम्ममा एक करोड २१ लाख ३२ हजारजना मतदाता नामावलीमा दर्ता भएका छन् । १८ वर्षपछि मात्रै भोट खसाल्न पाइने भए पनि राष्ट्रिय परिचयपत्र प्रयोजनार्थ भनेर आयोगले १६ वर्ष पुग्नेहरूको समेत फोटोसहितको नामावली संकलन गरेको छ ।


प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>