समाचारसोमबार, जेठ २९, २०६९
राष्ट्रपतिलाई अध्यादेशको विपक्षमा उभिन कांग्रेस-एमालेको आग्रह
कांग्रेस महामन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित निवासमा २९ जेठ बिहान बसेको संयुक्त बैठकले अध्यादेशबाट अगाडि नबढ्न चेतावनी पनि दिएको छ । राष्ट्रिय सहमति नगरी सरकारले अध्यादेशहरु जारी गरे आपत्तिजनक र अस्वीकार्य हुने कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले बताए ।
बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेता महतले भने, “सरकारका तर्फाबाट अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरिए त्यसलाई रोक्न आग्रह गर्ने निर्णय भयो ।” एमाले उपाध्यक्ष वामदेव गौतमले कामचलाउ सरकारले अध्यादेश जारी गर्न खोज्नुलाई राज्यसत्ता कब्जा गर्ने नियत भएको बताए ।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, केन्द्रीय सदस्य भीम रावल लगायतका नेताहरु सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
