Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साउने सङ्क्रान्ति, लुतो र नयाँपुस्ता - Himalkhabar.com

ब्लगमंगलबार, साउन १, २०७०

साउने सङ्क्रान्ति, लुतो र नयाँपुस्ता

रामजी दाहाल

अर्धवार्षिक परीक्षापछिको डेढ महीने विदाको अवधिमा पथ्र्यो, साउने सङ्क्रान्ति । हामी घामपानी केही नभनी लुतो फाल्न सुकेका तितेपातीको झिर्का बटुल्न जंगल जान्थ्यौं । कसले बढी पातीको झिर्का जम्मा गर्ने भनेर हामीबीच महीना दिनअघिदेखि नै प्रतिस्पर्धा चल्थ्यो । पातीको झिर्का बाहेक लुतो फाल्ने बेलुका पूजाका लागि अनेक सामग्री जम्मा गर्नुपथ्र्यो । त्यसका लागि पनि हामी बिहानै खाना खाएर नजिकैको डम्डारेदेखि निकै टाढा पर्ने दासाको जंगलसम्म जान्थ्यौं । डम्डारे वन घर नजिकै भए पनि पहरो भएकोले निकै होश पु¥याउनुपर्छ ।
त्यसैले, साउने सङ्क्रान्तिमा पूजा सामग्री खोज्न छोराहरू सकेसम्म त्यता नगइदिए हुन्थ्यो भन्ने बाआमाको चाहना भए पनि हामी चुलबुलेहरू त्यतै जाने बहादुरी देखाउँथ्यौं, त्यो पनि प्रतिस्पर्धाको रूपमा । त्यो चिप्लो भीरको जंगलमा हामी जनैलहरो, पानीसरो, कुरिलो, कुकुर डाइनो, मकर काँचुली, भलायोको पात, रातो पाते लगायतका वनस्पति संकलन गथ्र्यौं । अरू चिज सजिलै पाइए पनि कुकुर डाइनो कमै थियो, त्यो वनमा । जुन पाइँदैन, त्यो भेट्ने होड हुन्थ्यो हामीबीच । जंगलमा पाइने मात्र होइन, हामी घर वरिपरिका लतालहरासँगै जोले अम्बा, निबुवा, कागती, मकै समेत जम्मा गरेर तुलसीको मठ नजिक थुपाथ्र्यौं ।

यसरी जम्मा गरिएका पूजा सामग्री र पातीको झिर्कासँगै राखेर सूर्यास्तपछि पूजा गर्ने चलन छ । पूजापछि पातीको थुप्रोमा आगो बाल्ने गरिन्छ । कसले बढी पातीको झिर्का जम्मा गर्न सक्छ भन्ने प्रतिस्पर्धा साउने सङ्क्रान्तिको राति कसको घरमा ठूलो आगो बल्छ भन्ने कुरासँग जोडिएको हुन्थ्यो । त्यही आगोबाट अगुल्टो निकालेर हल्लाउँदै ‘लुतो पिलो, खटिरा पटिरा लैजा है’ भनेर कराउँदै र शंख फुक्दै चारै दिशामा फाल्ने चलन छ । अगुल्टो फाल्दा खरले छाएको घरमा पुग्ने हो कि भन्ने डर हुन्थ्यो । यसरी अगुल्टो फाल्दा राक्षसले वर्षभरि दुःख नदिने विश्वास पनि गरिन्छ ।

यस्तो रमाइलो पर्व साउने सङ्क्रान्ति नमनाएको २० वर्ष भइसकेछ । २०५० सालमा एसएलसी पास गरेर काठमाडौं झ्रेपछि साउनमा घर जाने मौका नजुर्दा लुतो फाल्ने एक महीने तयारी सम्झ्नामा सीमित हुन पुग्यो । यसपालि साउने सङ्क्रान्तिको दुई दिनअघि गाउँघरको यस्तो चलनबारे कुरा गर्दा सात वर्षकी छोरी राशीले खूब चाख मानेर सुनिन् । नेपाली समाजमा परापूर्वकालदेखि चलेका यस्ता चलनहरूबारे आजका बालबालिकालाई कसले सिकाउने, कसले पढाउने होला !

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>