समाचारसोमबार, जेठ २९, २०६९
कामचलाउ प्रधानमन्त्री विदेश घुम्न मिल्दैन–कांग्रेस
पार्टी मुख्यालय सानेपामा २९ जेठमा बसेको केन्द्रीय समितिको बैठकले कामचलाउ प्रधानमन्त्री विदेश घुम्न जानुलाई आपत्तिजनक ठहर गरेको कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए । कामचलाऊ भइसकेको सरकारले कुनै पनि अध्यादेश ल्याउन खोजे आफूहरुलाई स्वीकार्य नहुने गुरुङको भनाइ छ ।
बैठक ३० गते मध्यान्ह १ बजे पुनः बस्ने नेता गुरुङले जानकारी दिए । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरु सहभागी हुने भनिए पनि उनीहरु बैठकमा उपस्थित थिएनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
