रमझमबिहीबार, साउन ३, २०७०
पुण्यले ल्याए ‘युद्धका डोबहरु’
कृतिको २ साउनमा राधजानीमा एक समारोहमा अग्रज साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशी, श्यामदाश बैष्णबले विमोचन गरे ।
प्रतीक ढकाल र ओम प्रकाश खरेलले विमोचित कृतिमाथि प्रकाश पारे ।
अग्रज साहित्यकार सत्यमोहन जोशीले पनि प्रसाईको उपन्यास सबैका लागि प्रेरणदायी रहेको बताए ।उपन्यास भित्रको पात्रले आफ्नो उपन्यासबाट विश्व प्रसिद्ध नोवेल पुरस्कार जितेका छन् ।
यस्तै अब प्रसाईले पनि उपन्यास लेखेर नोवेल पुरएकार जित्नु पर्ने सुझाब जोशीले दिए । चीनका साहित्यकार मोयाङले गत वर्ष साहित्य विधाको नोवेल पुरस्कार जितको स्मरण गर्दै त्यो पुरस्कार अब नेपालीले जित्नु पर्नेमा उनले जोड दिए । प्रसाईँको उपन्यास समाजका लागि उपयोगी साबित हुने जोशीले बताए ।
‘एउटा यस्तो उपन्यास जसले तपाईको जीबन बदल्न सक्छ’ भनिएको युद्धका डोबहरु समाजका लागि प्रेरणदायी उपन्यास रहेको अग्रज साहित्यकार श्यामदाश बैष्णबले बताए । नेपाली समाजलाई अहिले राम्रो काम गर्न प्रेरणाको खाँचो भएकाले प्रसाईको उपन्यासले समाजलाई सकरात्मक मार्गमा प्रेरित गर्ने पनि बैष्णबले बताए ।
यो उपन्यासले मानिसलाई राम्रो काम गर्न एउटा अठोट गराउने विश्वास उनले सो कार्यक्रममा व्यक्त गरे । बैष्णबको भनाईमा राम्रो सोच्नेले जहिले पनि सफलता हाँसिल गर्छ । राम्रो सोचाईकै कारण पाँच पाण्डबले महाभारतको युद्ध जितेको स्मरण गराउँदै बैष्णले यो उपन्यासले पनि त्यस्तै सफलता पाउने विश्वास व्यत्त गरे ।
अर्का साहित्यकार प्रतीक ढकालले यो उपन्यास सबै बर्गका लागि पठानीय भएको बताए । असफललाई सफल, गरिबलाई धनी र धनीलाई अझ धनी बन्न यो उपन्यासले प्रेरण दिने विश्वास ढकालले कार्यक्रममा व्यक्त गरे । उनले यो उपन्यासमा सानो महाभारतको उपमा दिए । मानिसले अठोट र दृढताका साथ अघि बढ्यो भने सबै कार्यमा सफलता हाँसिल गर्न सक्छ भन्ने पाठ यो उपन्यासबाट पाठकले सिक्ने पनि उनले बताए ।
‘सँधै दौडमा हारेको कारण मेरा एक साथीका छोराले स्कुलको दौड कार्यक्रममा भाग लिन नचाहँदा मैले उसलाई तिमीले जित्छौ भनेको थिएँ । नभन्दै त्यसदिन उसले दौड जित्यो ।’ सोही घटनाबाट प्रेरणदायी उपन्यास लेख्न आफुलाई ६ वर्ष अघि प्रेरणा मिलेको ‘युद्धका डोबहरु’का लेखक पुण्यप्रसाद प्रसाईले बताए ।
आफ्नो उपन्यास माओबादी जनयुद्ध अथवा अरु कुनै युद्धमा आधारित नभएको पनि उनले बताए । जीबन सँघर्षमा एउटा पात्रले भोगेको सफलता र उनसले समाजलाई नै सकरात्मक मार्गमा लगेर परिवर्तन गरेको कथा यसमा समेटिएको पनि प्रसाईले जानकारी गराए । आफ्नो उपन्यासले पाठकलाई अध्यनका क्रममा मनोरञ्जन दिनुका साथै, योजना बनाउन, सपना देख्न र त्यो सपना साकार तुल्याउन प्रेरण दिने पनि प्रसाईले कार्यक्रममा प्रकाश पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
