रमझमबिहीबार, साउन ३, २०७०

निर्देशक रेग्मीलाई सहयोग

हिमालखबर

दुबै मृगौलाले काम गर्न छोडेपछि मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेका निर्देशक शिव रेग्मीलाई २ साउनमा अनामनगरस्थित उनकै निवासमा भेटी चलचित्र पत्रकार संघले सम्मानन स्वरुप ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ । उनको स्वास्थ्योपचारमा सहयोग पुर्याउन न्यूज फिल्मीका पत्रकार अनुप भट्टराईले संकलन गरेको रकम संघमार्फत रेग्मीलाई हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष विदुर गिरीको नेतृत्वमा गएको संघको टोलीले रेग्मीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिएको थियो । चिकीत्सा क्षेत्रका छोराछोरी भएका कारण घरमै दैनिक आठ घण्टाको अन्तरमा डाईलसिस (शरीरमा अनावश्यक रहेको पानीलाई कृत्रिम तरिकाले फ्याल्ने काम) गरिरहेका उनलाई उनकै कान्छा भाई सरोज रेग्मीले एउटा मृगौला दिदैछन् ।

मृगौलामा समस्या देखिएपछि २३ फाल्गुन गतेदेखि उनको दैनिकी अस्पताल र घरमा मात्र सिमित भएको छ । सेलिब्रेटी भएका नाताले उनलाई उपचारार्थ सहयोग गर्न ब्यक्तिगत रुपमा सहयोगी हात आए पनि उनले स्वीकारेका छैनन् ।

संघको टोलीसँग कुरा गर्दै शिवले भने ‘हाम्रो परिवारभित्र (चलचित्र क्षेत्र) का संघ संस्थाबाट तथा संस्थागत रुपमा सहयोग गर्न चाहनु हुन्छ भने अवश्य तयार छु तर ब्यक्तिगत रुपमा आएको सहयोगचाहीँ म स्वीकार्न सक्दिनँ ।’

यूकेमा रहेकी रेग्मीकी शुभचिन्तक तथा प्रशंसक ईशा गुरुङले बिरामी निर्देशकको उपचारका लागि उपलब्ध गराएको रकम उनलाई हस्तान्तरण गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>