रमझमशनिबार, साउन ५, २०७०
विदेश जानेका लागि
फर्केर हेर्दा
लेखकः सरिता अर्याल
प्रकाशकः बुकलेट पब्लिकेशन प्रा.लि.
पृष्ठः १२८+२८,
मूल्यः रु.२१०
प्राविधिक सीप, भाषिक ज्ञान र सम्बन्धित देशको काइदाकानून नजानी विदेश जाँदा भोग्नुपरेका पीडाले धेरै नेपालीको पैसा कमाउने सपना बगाइदिएको छ। त्यस्ता नेपालीको भोगाइ समेटिएको अनुभूति संग्रह हो– ‘फर्केर हेर्दा’। किताबमा अमेरिका, इजरायल र दुबईका कार्यस्थल तथा जेलमा नेपालीहरूले पाएको मानसिक–शारीरिक यातनाको वर्णन छ। कति नेपालीले विदेशमा खाना पकाउन, ढोका खोल्न र सडकमा हिंड्न नजान्दा समेत धेरै दुःख पाएको पुस्तकले जनाउँछ।
भिसाको समय सकिंदासम्म पनि ऋण चुक्ता गर्न नसकेपछि त्यहींका व्यक्तिसँग नक्कली विवाह गरेका, कामको लागि धर्म परिवर्तनको दबाब, हुँदाखाँदाको जागिर छाडेर अमेरिका पुग्दा काम नपाएर हैरान भएका, कामले गर्दा एकअर्कालाई समय दिन नपाएर दाम्पत्य जीवन नै भताभुङ्ग भएका र विदेशका शहरमा नेपाली चेलीहरूको भोगाइको वर्णनले किताबलाई मर्मस्पर्शी बनाएको छ।
मीना शर्मा