अन्तर्वार्ता/विचारआइतबार, साउन ६, २०७०

‘कमैया र कम्लरीका धेरै काम गरें’

हिमालखबर

तस्वीरः देबकी विष्ट

‘कम्लरीदेखि सभासद्’सम्म कस्तो पुस्तक हो?

हरेक मानिसले जीवनमा कुनै न कुनै किसिमको संघर्ष गरेका हुन्छन्। यो पुस्तकमा म र मेरो समुदायले भोगेका कष्ट र संघर्ष समेटिएको छ।

यो पुस्तक किन लेख्नुभएको हो?

मेरा बारेमा समाचार आउन थालेपछि धेरैले तपाईंको पुस्तक लेख्छौं भन्नुभयो। तर, मेरो भोगाइ मैले नै राम्रोसँग लेख्न सक्ने लागेकाले आफैं लेखें। साहित्यका राम्रा शब्द नभए पनि म जस्तै धेरैको लागि प्रेरणा बन्ला भनेर लेखेकी हुँ।

पुस्तक प्रकाशित भएपछि त्यहाँ उल्लेख भएकाहरूबाट कस्तो प्रतिक्रिया पाउनुभयो?

पुस्तक भर्खरै विमोचन भएकाले खासै प्रतिक्रिया आएको छैन। पढेकाले राम्रो भन्नुभएको छ। आम पाठकको प्रतिक्रियाको प्रतीक्षामा छु।

तपाईं कम्लरीबाट सभासद् बन्नुको कारण के होला जस्तो लाग्छ?

अरुको सहयोग, मेरो क्षमता र संयोग सबैको मेल हो। सहयोग नभए एक्लैले के गर्न सकिन्थ्यो र! भूमिहीन आन्दोलनदेखि सक्रिय भएर हिंडेकाले सभासद् हुने क्षमता ममा विकास भइसकेको थियो भन्ने लाग्छ।

सभासद् भएपछि तपाईंले कमैया, कम्लरीहरूलाई न्याय दिन के पहल गर्नुभयो?

कसैले प्रमाण माग्यो भने मसँग दिने केही छैन। मैले उठाएका कैयौं कुरा संविधान नबनेकाले हराए जस्तो भयो। तर कमैया, कम्लरी र भूमिहीनहरूको आवाज संविधानसभामा पुर्‍याएँ। मेरै पहलले कम्लरीहरूको लागि बजेट छुट्याइयो। कम्लरी मुक्तिको लागि लड्ने म नै पहिलो महिला हुँ। श्रमशोषणमा परेका कमैया र यौनशोषणमा परेका कम्लरीका लागि धेरै काम गरेकी छु।

६ साउनको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>