Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उदित र दीपाले ओझेल पारे चलचित्र अवार्ड - Himalkhabar.com

रमझमआइतबार, साउन ६, २०७०

उदित र दीपाले ओझेल पारे चलचित्र अवार्ड

Rishiram Kattel

समारोहमा १२ वर्षपछि नेपाल आएका उदित नारायण र दीपा झा प्रमुख आकर्षण बने ।

राजधानीको आर्मी अफिसर्स क्लबमा ५ साउनमा नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी)ले गरेको समारोहमा १२ वर्षपछि नेपाल आएका उदित नारायण र दीपा झा प्रमुख आकर्षण बने । उनीहरुको आकर्षण यति रह्योकी अवार्ड नै छायामा पर्यो । दरबारहत्याकाण्ड पछि त्यो दुःखदायी घट्नाले दुःखी बनेकोले नेपाल आउन मन नलागेको उदितले कार्यक्रममा भावुक मुद्रा बताएका थिए ।

सर्वोत्कृष्ट पाश्र्व गायन भने रिदमबाट स्वरुपराज आचार्यले हात पारे ।

अवार्डके दिन काठमाडौ आएका उनीहरु ७ साउनमै मुम्बई फर्किंदैछन् । कार्यक्रममा हरिबंश आचार्यदेखि निर शाह, शम्भुजित बास्कोटासम्मले अवार्डकोभन्दा बढी उदितको चर्चा गरेका थिए । उदित एक्लैले यो गाउँको ठिटो म, कहिले तिम्रो पछयौरीमा अल्झें जस्ता गीतका टुक्रा गाएका थिए । हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले उदितमाथि नै क्यारिकेचर प्रस्तुत गर्दा झा दम्पति पेट मिचीमिची हाँसेका थिए । तक्मे बुढा (विल्सनबिक्रम राई) ले समेत उदितको नक्कल प्रस्तुत गरेपछि कार्यक्रम हाँसोमय बनेको थियो ।

सायद फिल्मले सात विधामा अवार्ड जित्यो ।

अवार्ड कार्यक्रममा सुरज सुब्बा नाल्बो निर्देशित फिल्मले सात विधामा अवार्ड जित्यो । सायद बाट सुरज सुब्बा नाल्बोले निर्देशक र पटकथामा अवार्ड हात पारे भने सोही फिल्मबाट विल्सनविक्रम राईले सहअभिनेताको अवार्ड हात पारे । संयम पुरीले मह जुरी अवार्ड, कुसुमेरुमाल सर्वोत्कृष्ट व्यावसायिक फिल्म पनि सायद बन्यो । सञ्जय लामाले सर्वोत्कृष्ट छायाँकारको पुरस्कार पनि यही फिल्मबाट प्राप्त गरे ।

अवार्ड समारोहमा अरु फिल्म जति सवै झुर भन्ने शैलीमा सायदलाई दिइएको अवार्ड निष्पक्ष नभएको चर्चा चलचित्रकर्मीमाझ चलेको थियो । १६ विधामा बाँडिएको अवार्डमा सर्वोत्कृष्ट अभिनेताको पुरस्कार मालतीको भट्टी को लागि जीवन लुइँटेलले,सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार नोटबुकबाट निता ढुंगानाले हात पारिन् । तर नायिकामा निशा अधिकारी, प्रियंका कार्की जस्ता सर्वोत्कृष्ट हुन नसक्दा धेरैले अवार्ड खल्लो महसुस गरे।

मायाज बारबाट करिश्मा मानन्धरले सहअभिनेत्रीको अवार्ड हात पारे ।

नेपाली कथानक फिल्म ५० वर्ष पुगेको उपलक्ष्यमा एनएफडिसीले प्रथमपटक गरेको अवार्डमा मायाज बारबाट करिश्मा मानन्धरले सहअभिनेत्री सोही फिल्मका सुरेश अधिकारीले सर्वोत्कृष्ट संगीतकार सर्वोत्कृष्ट पार्श्व गायन भने रिदमबाट स्वरुपराज आचार्यले हात पारे । द्वन्द्व निर्देशकको अवार्ड हमेशाबाट चन्द्र पन्त नृत्य निर्देशकको अवार्ड कविराज गहतराज चलचित्र पत्रकारिता पुरस्कार पत्रकार विदुर गिरीले प्राप्त गरे ।

नायिका जस्तै छायांकन, द्वन्द्व पनि उम्दा नाम आएन सर्वोकृष्टमा । हरेक विधाका विजेतालाई ट्रफी र प्रमाण्पत्र सहित ५१ हजार रुपैयाँ पुरस्कार राखिएकोमा उत्कृष्ट निर्देशकले भने एक लाख रुपैयाँ प्राप्त गरेका थिए । भारतका फिल्म निर्माता संघका अध्यक्ष मुकेश भट्ट सहितका अन्य मुलकका कलाकार आउने भनिएपनि अधिकांश आएनन् ।

-तस्बीरहरु: ऋषिराम कट्टेल/हिमालखबर

सायद फिल्मबाट विल्सनविक्रम राईले सहअभिनेताको अवार्ड हात पारे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>