समाचारमंगलबार, जेठ ३०, २०६९
पूर्ण बजेट नल्याऊः विज्ञ
३० जेठ बिहान शितल निवास पुगेका अर्थ विज्ञहरुले कामचलाउ सरकारले दीर्घकालीन असर पार्ने कुनै काम गर्न नमिल्ने भएकाले एक तिहाइसम्मको मात्र बजेट ल्याउन हुने बताए । सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०६९/७० को बजेटबारे सुझाव दिन शितल निवास जानेहरुमा अर्थशास्त्रीहरु विश्वम्भर प्याकुरेल, चिरञ्जीवी नेपाल, चन्द्रमणि अधिकारी , मदन दाहाल लगायत थिए । टोलीमा पूर्व मुख्य सचिव विमल कोइराला पनि सहभागी थिए ।
उनीहरु बाहिरिएलगत्तै अर्थमन्त्री वर्षान पुन र अर्थ सचिव कृष्णहरी बास्कोटा शितल निवास पुगेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
