रमझमसोमबार, साउन ७, २०७०

प्रतिभा देखाए मिस ग्लोवल इन्टरनेशनलका सुन्दरीले

हिमालखबर

मोडल भिसाज् कन्सल्टेन्सीको आयोजनामा जारी प्रतियोगीताको तेस्रो संस्करणमा २८ युवती प्रतिस्पर्धामा छन् । उनीहरुले ‘ट्यालेन्स शो’ राउण्ड अन्तरगत आइतबार आफूमा निहित प्रतिभा देखाएका हुन् । प्रतिभा प्रदर्शन चरणमा सहभागी अधिकांशले नृत्य प्रस्तुत गरेका थिए ।

नृत्य प्रस्तुत प्रतियोगीमा टिका श्रेष्ठ, आस्था मानन्धर, आसिका खड्का, कृतिका उपाध्याय, पेम्वा शेर्पा, आस्ना अवस्थी, सुलोजा खड्का, सुगम बस्नेत, पुनम कुवर, संयुक्ता भट्टराई, मेघा बजाज, उरिशा जोशी, मोनीका खड्का, रन्जु चापागाई, अनु श्रेष्ठ, प्रतिभा पुन, मनसुन कुवर, सरिता महर्जन, सिलुना थापा, ऋतु गिरी, र ज्योति खड्का थिए ।

त्यसैगरी, रोजीना रिसालले गिटार बजाएकी थिइन् भने अर्की प्रतियोगी प्रकृति सिवाकोटीले कविता सुनाएकी थिइन् । अञ्जु बरालले जादू देखाइन् भने निर्जला पराजुली र आशा सेन्चुरीले गीत गाएका थिए । त्यस्तै, सब्रिना खड्काले भाषण कला प्रस्तुत गरिन् ।

जम्मा ५५ युवतीले आवेदन दिएकोमा २८ जना छनौट भएका थिए । उनीहरु विभिन्न चरण पारगर्दै ट्यालेन्ट शोसम्म आइपुगेका हुन् । ट्यालेन्ट शो राउण्डको निर्णायकमा अभिनेत्री प्रियंका कार्की, कोरियोग्राफर रेनेशा राई र रिजाय श्रेष्ठ थिए ।

प्रतियोगी युवतीहरुले आत्मविश्वासका साथ प्रतिभा प्रदर्शन गरेको आयोजक संस्थाका प्रमुख मनोजकुमार जैसीले बताए । प्रतियोगिताको फाइनल १२ साउनमा त्रिभुवन आर्मी अफिसर्स क्लवमा हुदैछ ।

यसपाली शीर्ष उपाधि जित्नेले नगद दुई लाख रुपैयाँसहित विदेश पढ्न जान प्लेनको टिकट प्राप्त गर्नेछिन् भने फस्र्ट रनरअप र सेकेन्ड रनरअप विजेताले एयर टिकटसहित क्रमशः ८० हजार र ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

फाइनलमा बेस्ट वाक, मिस फोटोजेनिक, मिस पर्सनालिटी, डिसिप्लिन, ट्यालेन्ट, बेस्ट स्किन, मिस पपुलर, मिस हेयर र मिस स्माइल उपाधि प्रदान गरिनेछ । प्रतियोगितामा मिस मार्केटिङको उपाधि विजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>