समाचारमंगलबार, जेठ ३०, २०६९

सेनाको जीप दुर्घटना हुँदा एकको मृत्यु

हिमालखबर

दि फेमश महिन्द्रा दल गणको साँख गाविसको घोरखानीमा रहेको सेनाको बाटो काजको अस्थायी क्याम्पवाट रुकुमकोट जाँदै गर्दा रानीकोटमा ३० जेठमा जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर काभ्रे घर भएका नेपाली सेनाका जवान आशाराम तामांङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक निरञ्जन थापाले जानकारी दिए । वा १ ज ६३०६ नं.को जीप दुर्घटना हुँदा घाइते भएकामध्ये जमदार कुमार भण्डारीसहित तीन जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।

ठेकेदार शेरबहादुर थापा, उनका दाइ मोतिराम थापा, नवराज थापा र धनसरी थापा घाइते भएका छन् । घाइतेहरुको अहिले रुकुमकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय शिक्षक बलबहादुर शाहीले बताए । उनीहरुलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौ लैजाने तयारी भइरहेको छ ।

सेना, प्रहरी र स्थानीय वासिन्दाको पहलमा उद्धार गरिएको छ । जीप सडकवाट करीब दुइ सय मिटर तल खसेको बताइएको छ । बाटोमा बिग्रेको डोजर मर्मतको सामान लिएर जादै गरेको जीप दुर्घटना भएको हो ।

लक्ष्मण केसी, रुकूम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>