ब्लगमंगलबार, साउन ८, २०७०

नारायणीमा साईरन बजेपछि (फोटो फिचर)

सविता श्रेष्ठ

नदी किनार र पुलमा लागेको भीडले पुल्चोक क्षेत्र जाममा पर्‍यो ।

२०६१ सालपछिको सबै भन्दा ठूलो यो बाढी पहाडी क्षेत्रमा लगातार बर्षा भएपछि आएको हो । बाढीका कारण नारायणगढ वजार पारी  गैडाकोटको सुकुम्वासी वस्तीका ६० घर डुबानमा परे । नदी किनारमा रहेको उद्योग वाणिज्य संघको तल्लो भाग, सडक बालबालिकाको आश्रय स्थल ‘हाम्रोघर’, किनारैमा अवस्थित विद्यालयमा पनि नारायणीको भेल पस्यो ।

चितवनमा मंगलपुर गाविसको केही क्षेत्र र नवलपरासीको गैडाकोटको वस्ती डुबानमा परे पनि मानवीय क्षति भने भएको छैन ।

नारायणी नदीमा पानीको बहाव अत्यधिक भएकोले स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले सम्भावित जोखिमलाई न्युनिकरण गर्न नेपाली सेना, सशस्त्र प्रहरीलाई समेत तयारी अवस्थामा राखेको छ  ।


प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>