अर्थ/बजारमंगलबार, साउन ८, २०७०

क्यासिनो पोखरा ग्राण्ड बन्द

हिमालखबर

ब्यवस्थापन पक्षले विज्ञप्ति निकालेर ६ साउनदेखि क्यासिनो पोखरा ग्राण्ड बन्द गरेको जानकारी दिएको छ ।

सरकारले १ साउनदेखि लागु हने गरी शत प्रतिशत रोयल्टी बढाएपछि त्यती धेरै रकम तिरेर क्यासिनो सञ्चालन गर्न नसकिने भन्दै क्यासिनो बन्द गरेको विज्ञप्तिमा जनाइएको छ । सरकारले क्यासिनोले बुझाउनु पर्ने रोयल्टी २ करोडबाट शतप्रतिशत बृद्धि गरी ४ करोड पुर्‍याएको छ ।

भ्याली लिंक प्रालिले २०६५ सालदेखि सञ्चालन गरेको क्यासिनोलाइ ४ करोड रोयल्टी तिरेर धान्न नसकिने क्यासिनो ब्यवस्थापनले जनाएको छ । क्यासिनोका कामु नायव महाप्रवन्धक श्यामसुन्दर खड्काले जारी गरेको विज्ञप्तिमा सरकारको कडा नियमनकारी नीतिका कारण क्यासिनो बन्द गर्नुपरेको उल्लेख छ ।

क्यासिनो बन्द भएपछि कर्मचारीहरुलाई कानून वमोजिम पाउने सेवा, सुविधा प्रक्रिया पु¥याएर छिटो उपलब्ध गराउन व्यवस्थापन समिति क्रियाशिल रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>