समाचारमंगलबार, जेठ ३०, २०६९
एउटै सडक दुइ पटक शिलान्यास
सडक कालोपत्रे बनाउन भन्दै २९ जेठमा जिरो प्वाइट उर्लाबारी चोकमा उर्लाबारी गाविस प्रमुख मुरारीप्रसाद घिमिरेले शिलान्यास गरेका हुन् । एकसाताअघि सोही सडकखण्डको सूर्यचोकमा ठेकेदार प्रेरणा-ज्योति निर्माण सेवाका रामभक्त श्रेष्ठ र सडक विभागका इञ्जिनियर शैलेन्द्र त्रिपाठीले शिलान्यास गरेका थिए ।
दोस्रो पटक शिलान्यास कार्यक्रममा गाविस प्रमुख घिमिरेले आपसी सहमति र समझदारीबाट विकास निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने राय व्यक्त गरे । नेपाली कांगे्रसका क्षेत्रीय सभापति खड्ग फागोले केही व्यक्तिले आफ्नो जग्गा पायक पर्ने ठाउँमा यसअघि नियोजित तरिकाले सडक शिलान्यास गरेको अरोप लगाए ।
एउटै सडकखण्डमा एउटै कार्यका लागि एकैसाताभित्र दुइपटक शिलान्यास गरिएपछि स्थानीयवासी अचम्ममा परेका छन् । राष्ट्रिय योजनाअन्तर्गत आगामी दुइ वर्षभित्र निर्माण कार्य पूरा गर्नका लागि रु. सात करोड ९४ लाख विनियोजन भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
