Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युरोको पहिलो राउन्ड : कसैको राम्रो प्रदर्शन, कसैको अप्रत्याशित नतिजा - Himalkhabar.com

खेलकुदमंगलबार, जेठ ३०, २०६९

युरोको पहिलो राउन्ड : कसैको राम्रो प्रदर्शन, कसैको अप्रत्याशित नतिजा

Sandesh Panta

समुह ए को उद्घाटन खेलमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएपनी ग्रीसका साल्पिगिदिसले बराबरि गोल गरे । पोलिश गोलकीपर सेश्नी रातो कार्ड खाइ बहिरिएपछी पाएको पेनल्टीलाई कारागुनिसले सदुपायोग गर्न सकेनन् । ग्रीसका लागी पहिलो हाफमा रक्षक पापस्ताथोपोलसले रातो कार्ड खाएका थिए ।

अर्को भिडन्तमा चेक रिपब्लिकलाई ४-१ ले हराउदै रुसले अन्तिम आठमा पुग्ने प्रबल सम्भावना देखाएको छ । उसका लागी युवा उदियमान एलन जागोएव र कप्तान आन्द्रे आर्शाभिनको खेल हेर्न लायक थियो ।

समुह बि को पहिलो प्रतिस्पर्धामा डेनमार्कले सन्सनी पूर्ण नतिजा निकाल्यो । क्रोन डेलीको गोलमा उसले नेदर्ल्यान्ड्स बिरुद्ध १-० को विजय दर्ता गर्‍यो । स्नाइडरले प्रभावशाली खेल खेलेता पनि भान पर्सी र रोबेनले पाएको कैयौं मौका खेर फाल्दा उसका समर्थक स्तब्ध बने।

बुधवार हुने जर्मनी बिरुद्धको खेल उसका लागी महत्वपूर्ण हुनेछ । अर्को खेलमा जर्मनीले सोचेअनुरुप नखेले पनि मारियो गोमेजले हेड मार्फत गरेको गोलले पोर्चुगललाई १-० ले हरायो । पोर्चुगलका कप्तान रोनाल्डो खासै जम्न सकेनन ।

समुह सि मा निकै रोमन्चक रहेको स्पेन र इटलीको खेल १-१ को बराबरिमा टुङ्गियो । स्पेनका प्रशिक्षक डेल बस्केले रेगुलर स्ट्राइकर नखेलाई सेस फाब्रीगासलाई “फल्स नाइन” को रुपमा उतारेका थिए । आन्द्रीय पिर्लोको उत्कृष्ट पासमा सब्स्टिच्युट डि नटालेले गोल गरेपनी फाब्रीगासले बराबरि गोल गरेका थिए। अर्को खेलमा क्रोएसियाका मोड्रीच्, पेरिसिच र मान्जुकिचले सबैलाई प्रभावित गरे । मान्जुकिचको २ गोलको मद्दतले उसले फितलो देखिएको आयर्ल्यान्डलाई ३-१ ले पराजित गर्‍यो ।

समुह डि को हिजो सम्पन्न खेलमा इङ्ल्यान्डले फ्रान्सलाई १-१ को बराबरिमा रोक्यो । पहिलो हाफमा लेस्कटले जेरार्डको फ्री -किकमा हेड गर्दै अग्रता दिलाएपनी त्यसको केहि मिनेट पछी नै समिर नास्रीले डि बक्स बाहिर बाट राम्रो प्रहार गर्दै खेल १-१ मा ल्याइ पुर्याए । त्यसपछी फ्रान्सले खेल नियन्त्रणमा राखेपनी गोल भने गर्न सकेन । युक्रेनका समर्थकहरुको लागी हिजोको रात सम्झन लायक रह्यो । भेट्रान स्ट्राइकर आन्द्रेइ शेव्चेंकोले दुइ गोल गर्दै १-० ले पछी परेको स्थितीबाट आफ्नो टोली लाई बिजयी बनाए । समर्थकहरुले अबेर सम्म जितको खुशीयाली मनाइरहेका थिए । क्वार्टरफाइनल पुग्ने आशा गरिएको स्विडेनको अबको यात्रा कठिन देखिएको छ । कप्तान ज्लाटन इब्राहिमोविचले प्रभावशाली खेल देखाएपनी आफ्ना समर्थकलाई खुशी पार्न सकेनन्।
उत्कृष्ट खेल : स्पेन – इटली , युक्रेन – स्विडेन्
अप्रत्याशित नतिजा : डेनमार्क १-० नेदर्ल्यान्ड्स्
प्रभावित गरेका खेलाडीहरु : जागोएव्, ओजिल्, स्नाइडर्, क्रोन डेलि, इनिएस्टा, पिर्लो, डि रोस्सि, मोड्रीच्, शेव्चेंको, इब्राहिमोविच्, नास्री, डेबुची
सबै भन्दा बढी पास्: १०७ जाभी (स्पेन्)
सबै भन्दा बढी फल हानेका: रिचर्ड डन (आयर्ल्यान्ड)
यस बाहेक दर्शकहरुको व्यवहारले पनि चर्चा पाए ।
जर्मनीका दर्शकहरुले खेलको दौरान पोर्चुगलका खेलाडीलाई मैदानमा कागजको बल बनाएर हिर्काएको कारण युएफाले जर्मन फुटबल संघलाई कार्वाही गर्ने भएको छ । यस बारे विहिबार सुनुवाइ हुनेछ ।
त्यस्तै रुसका दर्शकले चेक रिपब्लिकका खेलाडी थियोडोर गेब्र सलासीलाई रङ्गभेदी व्यवहार गरेको आरोप पनि लागेको छ । गेब्र सलासीका पिता इथियोपियन हुन् ।
क्रोएसिया र आयर्ल्यान्डको खेल अघी आइरिश समर्थकहरुले उपद्रो मच्चाएका कारण पोल्यान्ड प्रहरीले १४ समर्थकहरुलाई थुनामा राखेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>