Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इन्टरनेशनल क्लाइम्बिङ गाइड बन्दै - Himalkhabar.com

रमझमबिहीबार, साउन १०, २०७०

इन्टरनेशनल क्लाइम्बिङ गाइड बन्दै

हिमालखबर

दोलखा गौरीशंकर रोल्वालिङकी दावा याङ्जुम शेर्पा (२४) हिउँसँग खेल्दै हुर्किइन्, सानै उमेरदेखि ट्रेकिङमा लागिन्। तीन वर्षको ट्रेकिङ गाइड अनुभवपछि उनको ध्यान पर्वतारोहणतिर तानियो। सानैदेखि चुनौतीसँग खेलेकी दावा अब अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्लाइम्बिङ गाइड बन्दैछिन्।

३०० किलोमिटर लामो खुम्बु र अन्नपूर्ण सर्किट अल्ट्रा म्याराथन विजेता रहिसकेकी दावाले शुरुमा लाङटाङ, गंगापूर्ण ग्ल्यासिअर र खुम्बु क्याइम्बिङ स्कूलबाट पर्वतारोहणको तालीम लिइन्। त्यसपछि २०१० मा विदेशी पर्वतारोहीलाई ६,२५० मिटर मात्र भए पनि निकै अप्ठ्यारो मानिने रोल्वालिङकै चेकिगो पिक पुर्‍याएर क्लाइम्बिङ गाइड शुरु गरेकी दावा भन्छिन्, “त्यसपछि विदेशीहरूलाई लिएर लाङटाङको यालापिक, आमादब्लम र आइसल्याण्ड पिक पुर्‍याएँ।”

गत वर्ष नर्थफेस–नेशनल जिओग्राफिक एक्सपिडिसन अन्तर्गत क्लाइम्बिङ गाइड बनेर सगरमाथा शिखर पुगेकी उनी त्यसपछि केही समय अमेरिकाको माउण्ट रेनिअरमा क्याइम्बिङ रेन्जर बनिन्। क्याइम्बिङ रेन्जरहरू हिमालमा उद्धार अभियान चलाउँछन्। नेपाल नेशनल माउण्टेन गाइड एसोसिएसन, काठमाडौंबाट इन्टरनेशनल माउन्टेन गाइड कोर्ष गरिरहेकी दावा आगामी वर्षबाट अन्य देशमा हिमाल आरोहण गराउन पाउनेछिन्।

हिमाल चढ्नुभन्दा अरुलाई चढाउनु कठिन हुन्छ– दायित्वको हिसाबले पनि। त्यसैले शारीरिक–मानसिक रुपमा सक्षम हुनुपर्छ। र, त्यो चुनौती स्वीकारेका नेपाली महिला क्लाइम्बिङ गाइडहरूको क्षमताको ‘अन्तर्राष्ट्रियकरण’ हुन थालेको छ। यसअघि नै क्लाइम्बिङ गाइड बनेकी सोलुखुम्बु (लुक्ला)की पासाङ ल्हामु शेर्पा ‘अंकिता’ अहिले अमेरिकामा हिमाल चढाउने काम गरिरहेकी छन् भने दोलखाकी आरोही निमडोमा शेर्पा पनि दावासँगै तालीम लिइरहेकी छन्।

ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>