समाचारमंगलबार, जेठ ३०, २०६९
एमाले अनौपचारिक बैठकमा असन्तुष्ट जनजाति नेताहरू
पार्टी केन्द्रीय कार्यालय बल्खुमा ३० जेठमा बसेको अनौपचारिक बैठकमा उपाध्यक्ष अशोक राईले लिखित धारणा बुझाएका छन् । अनौपचारिक भनिए पनि केपी शर्मा ओली बाहेक स्थायी समितिका सबै सदस्य उपस्थित बैठकमा पोलिटब्यूरो सदस्यहरू विजय सुब्बा, पुथ्वी सुब्बा गुरुङ, राजेन्द्र श्रेष्ठ लगायतले आ-आफ्ना धारणा राखे ।
विजय सुब्बाका अनुसार, बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालले छलफलबाट असहमति मिलाउनकै लागि ४-५ असारमा राष्ट्रिय भेला बोलाएको बताएका थिए । तर, आफूहरू राष्ट्रिय भेलामा बस्ने या नबस्ने भन्ने टुंगो स्थायी समितिको औपचारिक निर्णयपछि लाग्ने पोलिटब्यूरो सदस्य सुब्बाले हिमालखबरलाई बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
