समाचारमंगलबार, जेठ ३०, २०६९
एकसाथ चार शिशुको जन्म
सप्तरीको वैरवा ४ की २० वर्षीया विमला देवि मण्डलले ४ सन्तान जन्माएकी हुन् । चार शिशु मध्ये २ छोरा र २ छोरी रहेकाछन् । प्रतिष्ठानले दिएको जानकारी अनुसार चार शिशु मध्ये पहिलोको तौल १ किलो ४ सय ग्राम, दोस्रोको तौल १ किलो ५ सय ग्राम, तेस्रोको तौल १ किलो ७ सय ग्राम र चौथोको तौल १ केजी रहेको छ ।
एकै पटक चारवटा वच्चा जन्मिएको यो पहिलो पटक भएको प्रतिष्ठानले जनाएको छ । विमलादेविले पहिलो पटक शिशु जन्माएकी हुन । आमा र शिशु दुवैको स्वास्थ्य स्थिति राम्रो रहेको प्रतिष्ठानका डाक्टर अमृत साहले जानकारी दिनुभयो् । डाक्टर साहका अनुसार शल्यक्रिया मार्फत शिशु निकालिएको थियो ।
सन्तोष काफ्ले/ धरान
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
