Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माथिल्लो मर्स्याङदीको निर्माण कार्य सुचारु - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, साउन ११, २०७०

माथिल्लो मर्स्याङदीको निर्माण कार्य सुचारु

हिमालखबर

माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजनाले निर्माण गरेको पुल र सुरुङ मार्गको प्रवेशद्धार । तस्वीरः युवराज श्रेष्ठ/लमजुङ

आयोजनाका लागि सवै खालको सुरक्षा स्थानीय प्रशासनले दिने र तोडफोड घटनाका दोषीहरुलाई कारबाही गर्ने स्थानीय राजनीतिक दल र स्थानीय प्रशासनले प्रतिवद्धता जाहेर गरेपछि चार दिनदेखि बन्द माथिल्लो मस्र्याङदी आयोजनामा निर्माणकार्य सुचारु भएको छ ।

“दल, प्रशासन र आयोजनाबीच पटक पटक भएको बैठकको क्रममा सुरक्षाको प्रत्याभूति गराउने र दोषीहरुलाई कारबाही गर्न अनुसन्धान गर्ने भएपछि आयोजना संचालनमा ल्याउने निर्णय गरेका हौँ,” आयोजनाका जनसम्पर्क अधिकृत अर्जुन गुरुङले भने ।

एक हप्ताअघि स्थानीय ६ बर्षीया बालिका आकाँक्षा तामाङको खोलामा बगेर मृत्यु भएपछि स्थानीयबासीले आयोजनाले खोलामा पुल नबनाएकाले बालिका खोलामा बगेको भन्दै आयोजनाको गाडी, डोजर लगायतका मेशिनरी तोडफोड गरेपछि आयोजना बन्द गरिएको थियो ।

पटक पटकको बन्द, हड्ताल, तोडफोड जस्ता हिंसात्मक गतिविधिले असुरक्षा बढेको भन्दै चिनियाँ निर्माण कम्पनी सिनो हाईड्रो र सगरमाथा हाईड्रोपावरले निर्माणकार्य बन्द गरेका थिए ।
युवराज श्रेष्ठ, लमजुङ

—————————————————————————————————————-

माथिल्लो मर्स्याङ्दीको निर्माण कार्य बन्द

माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाले असुरक्षाको कारण देखाउँदै पूर्वाधार निर्माण कार्य बन्द गरेको छ ।
हिमालखबर
शुक्रबार , ११ साउन २०७० ३:१९ पम

उत्तरी लमजुङको भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना पूर्वाधार निर्माणको काम गरिहेको चिनिया कम्पनी सिनो हाईड्रो र नेपालको सगरमाथा हाईड्रोपावर कम्पनीले असुरक्षाको कारण देखाउँदै निर्माण कार्य बन्द गरेका छन् ।

एकबर्षदेखि पूर्वाधार निर्माणको काम भैरहेकोमा स्थानीयले पटक पटक बन्द हड्ताल, तोडफोड जस्ता हिंसात्मक घटना गराएर असुरक्षा भएकाले पूर्वाधार निर्माणको काम बन्द गर्नुपरेको निर्माण कम्पनीले बताएको छ । निर्माण कार्य बन्द हुँदा दैनिक चार लाख रुपैयाँ बराबरको घाटा लाग्ने आयोजनाका म्यानेजर झौ गौ मिनले जानकारी दिए ।

उनले सुरक्षाको प्रत्याभुती नभएसम्म आयोजना निर्माणको काम अघि बढाउन नसकिने प्रष्ट्याए । तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा बारम्बार अवरोध हुँदा समयमा निर्माण हुन नसक्ने आशंका बढेको छ ।

गत शनिबार खुदी स्थित छहरेखोलामा स्थानीय बालिका आकाँक्षा तामाङको बगेर मृत्यु भएपछि स्थानीयबासीले आयोजनाको आयोजनाको पाँच वटा गाडी, दुई वटा लोडर र एउटा स्काभेटर तोडफोड गरेका थिए । आयोजनाले पुल निर्माण गर्ने सहमति अनुसार पुल नबनाएका कारण बालिकालाई खोलाले बगाएको स्थानीयबासीको आरोप छ ।

बालिकाको मृत्यु पश्चात आयोजनाले बालिकाको परिवारलाई दश लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने सहमति गरेको छ । गाडी तोडफोडबाट पचास लाख बराबरको क्षति पुगे पनि कसैले जिम्मेवारी नलिएको र स्थानीय प्रशासनले पनि कुनै छानविन नगरेको योजनाको निर्माण पक्षको भनाई छ ।

यस अघि निर्माण कम्पनीले काम अनुसारको ज्याला नदिएको तथा बेलाबेलामा कर्मचारीलाई निस्काशन गरेको आरोप लगाउँदै मजदुरहरुले आयोजनाको काम बन्द गराएका थिए ।

आयोजना निर्माणमा असुरक्षा बढेको भन्दै सिनो हाईड्रोले चिनिया दूतावासमा ईमेल मार्फत यस्तो अवस्थामा माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनामा काम गर्न नसकिने ब्यहोरा सहितको पत्र पठाएको जनाएको छ ।

स्थानीय प्रशासन तथा राजनितिक दलका प्रमुखहरुलाई मंगलबार एक पत्र लेख्दै लगातार जस्तो आयोजना माथि भैरहेको आक्रमण, भौतिक सम्पत्तीको तोडफोड र कसैको निर्देशनमा भैरहेका हिंसात्मक घटनाले आफुँहरु दुःखी र असुरक्षित भैरहेको आयोजना निर्माणप पक्षले जानकारी गराएको छ ।

पत्र प्राप्त भएपछि स्थानीय प्रशासन र राजनीतिक दलका प्रमुखहरुको बैठक बसेर आयोजना निर्माण सुचारु गर्न सहयोग गर्ने निर्णय गरिएको थियो । लमजुङमा क्रियाशिल पाँच राजनीतिक दलका प्रमुख, स्थानीय प्रशासन र आयोजनाका प्रतिनिधि सहितको बैठक ११ साउनमा सम्पन्न भएको छ । बैठकमा राजनितिक दलका प्रमुख र स्थानीय प्रशासनले आयोजना संचालनमा देखिएको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उत्तरी लमजुङको भूलभूलेको ङादीमा बाँध बाँधेर ६ दशमलब ५ किलोेमिटर सुरुङबाट भुलभूलकै वडा नम्बर ३ को मस्र्याङदी तटमा बिद्युत गृह निर्माण गर्ने आयोजनाले जनाएको छ । आयोजनाको अहिलेसम्म झण्डै २ किलोमीटर भुमिगत सुरुङ मार्ग निर्माण भइसकेको छ ।

२०७३ असोजदेखि ब्यवसायिक रुपमा बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनामा चाइनिज कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानी छ । रन अफ द रिभर प्रविधिमा बन्न लागेको सो आयोजना निर्माणका लागि झण्डै १० अर्ब रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

५ बर्षसम्ममा निर्माण सक्ने लक्ष्यका साथ पूर्वाधारको निर्माण थालेको आयोजनाले बिद्युत प्राधिकरणसँग बिद्युत उत्पादन हुने बर्ष प्रतियुनिट ६ दशमलब ९५ सेन्टमा पिपिए गरेको छ ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>