खेलकुदशनिबार, साउन १२, २०७०

नेपाल यु–१६ साफ च्याम्पियनसीपको फाइनलमा

हिमालखबर

राजधानीमा १२ साउनमा भएको सेमीफाइनलमा नेपालले बंगलादेशलाई ५–१ गोल अन्तरले हराएको हो । १३ साउनमा हुने भारत र आफगानिस्तानबीचको विजेताले फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको फाइनल यात्रा सुनिश्चित गराउने क्रममा सुजन लिम्बुले दुई तथा विमल घर्ती मगर र अञ्जन विष्टले एक÷एक गोल गरे । मोहम्मद अतिकुञ्जमानले आत्मघाती गोल गरेपछि नेपालको गोल संख्या पाँच पुगेको हो । बंगलादेशका लागि अल अमिन तुसारले सान्त्वना गोल गरे ।

समूह चरणमा अफागानिस्तानसँग १–१ को बराबरी खेलेको नेपालले भुटानलाई ७–० र पाकस्तिानलाई ३–० ले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...