Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘राष्ट्रिय’ अवार्डको नाममा मनपरी - Himalkhabar.com

रमझमआइतबार, साउन १३, २०७०

‘राष्ट्रिय’ अवार्डको नाममा मनपरी

Rishiram Kattel

सायद राम्रो फिल्म, अवार्ड पाउन लायकको भए पनि ७ वटै अवार्ड पाउन लायकको चलचित्र भने हैन ।

नेपाली चलचित्र ५० वर्ष पुगेको अवसरमा नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)ले ५ साउनमा राजधानीमा गरेको चलचित्र अवार्ड सबै चलचित्रकर्मीका लागि चाड बन्न सकेन ।

एनएफडीसीका अध्यक्ष उद्धव पौडेलले नेपालको अवार्डको इतिहासमै सबैभन्दा ‘फेयर’ भनेर प्रचार गराए पनि अवार्डमा भएको मनोमानीले निष्पक्षता भन्ने कुरा देखाएन । संगीतकार शुभबहादुर सुनाम, चलचित्र निर्देशक प्रदीप उपाध्याय, छायाँकार मन्जुकुमार श्रेष्ठ, निर्माण नियन्त्रक नारायणध्वज पन्त र कलाकार चैत्यदेवी सम्मिलित जुरी भन्दा उद्धव पौडेलको ठाडो निर्णय हावी भइदिंदा केही पुरस्कार पाउनेले नपाई अरूकै पोल्टामा गयो । चलचित्र लेखक/निर्देशक विकाश आचार्य भन्छन्, “राष्ट्रिय चलचित्र अवार्ड भनेर मनपरी ढंगले अवार्ड वितरण गरियो, निष्पक्षता भन्ने कुरा मैले देखिनँ ।” अहिले जसलाई मन लाग्यो उसले गर्ने अवार्डमा किनबेच सामान्य कुरा हुन थाले पनि राष्ट्रिय नाम जोडेर गरिएको मनपरीको कतिपय खुलेर विरोध नगरे पनि भित्रभित्रै चर्को आलोचना भइरहेको छ । आयोजक एनएफडीसीका अध्यक्ष पौडेल भने विशेषज्ञको जुरी बनाएर र भोटिङबाट छानेर अवार्ड दिएकाले धाँधली नभएको बताउँछन् । भन्छन्, “भन्नेले त जे पनि भन्छन्, यसलाई निष्पक्ष बनाउन सक्दो प्रयास गरेका छौं ।”

निशा अधिकारी, रेखा थापा, प्रियंका कार्कीपछि अवार्ड पाउने संभावनाको चौथो नम्बरमा रहेकी नीता ढुंगाना सर्वोत्कृष्ट नायिका बनेपछि अवार्ड निष्पक्ष भएको मान्न धेरैजसो चलचित्रकर्मी तयार छैनन् ।

झगडाको प्रभाव अवार्डमा
सर्वोत्कृष्ट नायक–नायिकाकै विधामा दिइएको अवार्ड चित्तबुझ्दो भएन । निशा अधिकारी, रेखा थापा, प्रियंका कार्कीपछि अवार्ड पाउने संभावनाको चौथो नम्बरमा रहेकी नीता ढुंगाना सर्वोत्कृष्ट नायिका बनेपछि अवार्ड निष्पक्ष भएको मान्न धेरैजसो चलचित्रकर्मी तयार छैनन् । रेखा वा निशाका पोल्टामा जाने धेरैको अपेक्षा विपरीत नीताले अवार्ड पाएपछि चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता र उद्धव पौडेलको शीतयुद्धले नीतालाई काकताली परेको चर्चाले यतिवेला फिल्मी बजार तताएको छ ।

विगत केही समययता मरवैता र पौडेलको शीतयुद्ध राम्रैसँग चर्केको छ । यो अवार्डमा राखिएको राष्ट्रिय चलचित्र अवार्डमा राष्ट्रिय शब्द हटाउन मरवैताले पत्र लेखेका थिए । स्रोत अनुसार निर्णायकले लंका चलचित्रबाट रेखालाई दिन तयार अवार्ड बोर्ड अध्यक्ष धर्मेन्द्रको नजिकको मान्छेका कारण उनलाई हटाएर धमेन्द्रले धरानमा गरेको महोत्सवमा झुर प्रचार गर्न भूमिका खेलेकी नीतालाई दिइएको हो । उनले चलचित्र नोटबुक मा ‘राष्ट्रिय’ अवार्ड पाउने लायकको कुनै अब्बल काम गरेकी छैनन् । अवार्डको कार्यक्रम अगावै उद्धवले नीतालाई अवार्ड दिने कुरा बताएको संचारमाध्यममा छाएको छ । अवार्डको कार्यक्रमको केही दिन अगाडि नै कसलाई दिइने मुख्य नाम थाहा पाएपछि रेखा, बोर्ड अध्यक्ष मरवैता, आर्यन सिग्देल, सौगात मल्ल पुगेनन् ।

मालतीको भट्टी बाट नायकको अवार्ड पाएका जीवन लुइँटेलको पनि सो चलचित्रमा अवार्ड पाउन लायकको अभिनय देखिंदैन, अवार्ड पाउने भूमिका पनि छैन यो चलचित्रमा ।

हास्यास्पद जुरी
अवार्डमा पाँच जनाको जुरी रहेको बताइए पनि उनीहरु नाम मात्रका जुरी बने, अवार्ड पाएकाको नामावली हेर्दा । मालतीको भट्टी बाट नायकको अवार्ड पाएका जीवन लुइँटेलको पनि सो चलचित्रमा अवार्ड पाउन लायकको अभिनय देखिंदैन, अवार्ड पाउने भूमिका पनि छैन यो चलचित्रमा । बरु उनले अन्य चलचित्रमा उत्कृष्ट काम गरेका छन् । राष्ट्रिय पुरस्कार भनिएको यो अवार्डको हाँसउठ्दो कुरा सर्वोत्कृष्ट पाँचको नोमिनेसनमा फिल्म र निर्देशकमा परेको रिदम को पटकथा संवाद नोमिनेसनमा समेत परेन ।

जबकि यसमा राष्ट्रियताको मुद्दा उठाइएको र उत्कृष्ट स्क्रिप्ट छ । यसैको अर्को हास्यास्पद कुरा चैं रिदम कै म पागल बन्न सक्छु गीतबाट सर्वोत्कृष्ट अवार्ड पाए भने यसको संगीत चैं नोमिनेसनमै परेन । धन्दा, अध्याय, भिसा गर्ल, हाइवे, सुनगाभा जस्ता फिल्मले अवार्ड पाउनु त के कुरा कुनै विधाको नोमिनेसनमै नपर्नुले यो अवार्डले राम्रा फिल्म र फिल्मकर्मीको कामको धज्जी मज्जैले उडायो । निर्देशक सुदर्शन थापा भन्छन्, “अवार्ड पाउनै पर्छ भन्ने हैन, तर दर्शक र समीक्षकले राम्रो मानेको फिल्मको कुनै पनि विधा नोमिनेसनमै नपर्नु चैं यो अवार्डले राम्रा काम गर्नेलाई सम्मान हैन अपमान गरेको बुझ्नुपर्छ ।”

२०६९ भित्र प्रदर्शनमा आएका ९३ फिल्मको मूल्यांकनबाट १६ विधामा बाडिएको यो अवार्डमा चलचित्र, निर्देशक र पटकथा सहित सात विधामा सायद ले अवार्ड पायो । सायद राम्रो फिल्म, अवार्ड पाउन लायकको भए पनि ७ वटै अवार्ड पाउन लायकको चलचित्र भने हैन । अरू राम्रा र उत्कृष्ट फिल्मलाई पाखा लगाइएको छ । “सायद बाहेक अरू कुनै फिल्म गतिला छैनन् भन्ने सन्देश अवार्डले दिएको छ”, एक निर्देशक नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, “योजनागत रूपमै अवार्ड दिएपछि भन्नु के छ र !”

अहिले बजारमा सायद लाई नियोजित रूपमै दिइएको चर्चा चलेको छ चलचित्रकर्मीमाझ । द्वन्द्व–निर्देशक हिमाल केसी द्वन्द्व विधाबाट अवार्ड जितेका चन्द्र पन्तले आयोजकसँग पैसाको कारोबार गरेको थाहा पाएपछि आफूले पनि रु.१ लाख दिन्छु मलाई दिनुपरयो भनेर आयोजकहाँ कुरा राखेको बताए । “तर मेरोभन्दा बढी रकमको कारोबार भएको सुन्नमा आयो अनि राम्रो काम भन्दा राम्रो दामले अवार्ड हात पारयो ।” जुन विना सिनेमा बन्दैनन् ती विधालाई समेटिने अवार्डमा सम्पादन विधा नै नहुनु अवार्डको कमजोरी थियो ।

भारतबाट १२ वर्षपछि आएका उदित–दीपा झाको आगमनले भने कार्यक्रमको केही गरिमा जोगाएको थियो ।

‘राष्ट्रिय’ अवार्डको बेइज्जत
एक वर्षदेखिको तयारीमा अवार्ड वितरण गरिएको भनिए पनि व्यवस्थापकीय कमजोरी, कार्यक्रमको प्रस्तुति र लम्बेतान कार्यक्रमले अवार्डसँग राष्ट्रिय जोडेर खिल्ली उडाएको भान हुन्थ्यो । सामान्यतया सरकारले नगरेको अवार्डलाई राष्ट्रिय मानिंदैन । चाँडै राज्यको तर्फबाट विकास बोर्डले राष्ट्रिय अवार्ड गर्दैछ तर त्यस अगावै प्राइभेट कम्पनीले राष्ट्रिय अवार्ड गरेपछि एउटै देशमा दुई वटा राष्ट्रिय अवार्ड भएका छन् । चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष केपी पाठक एउटा कम्पनीले आयोजना गरेको अवार्डमा राष्ट्रिय शब्द राख्न दिएर राज्य पक्ष निरीह बनेको बताउँदै यसले राज्य पक्षले गर्ने राष्ट्रिय अवार्डको गरिमा सिध्याएको बताए । “राष्ट्रिय अवार्ड एउटा मात्र हुन्छ तर अब जसलाई गर्न मन लाग्यो त्यसले मनोमानी ढंगले गर्न थालेका छन्” उनले भने, “अवार्डसँग राष्ट्रिय जोडेर राष्ट्रिय अवार्डको खिल्ली उडाइदिए ।”

झण्डै ६ घण्टा लामो कार्यक्रम पट्यारलाग्दो बनेको थियो । भारतबाट १२ वर्षपछि आएका उदित–दीपा झाको आगमनले भने कार्यक्रमको केही गरिमा जोगाएको थियो । कार्यक्रममा चलचित्रकर्मीलाई नगद पुरुस्कार दिइनु अवार्डको सकारात्मक पक्ष रह्यो । अवार्डले वर्षौं योगदान गरेको पुराना चलचित्रकर्मीको नाममा पुरस्कार दिनु पनि अर्को राम्रो पक्ष हो ।

भारतबाट मुकेश भट्ट, अमिताभ बच्चन सहितका निर्माता, निर्देशक, कलाकार ल्याएर नेपाली पर्यटकीय स्थल घुमाएर फिल्म सुटिङको वातावरण तयार गर्ने भन्दै नेपाल पर्यटन बोर्डबाट झण्डै १७ लाख नगद हाराहारी लिएको बताइएकोे छ । त्यसबाहेक ७ जना विदेशी चलचित्रकर्मीलाई पर्यटन बोर्डले नै ह्यात होटलमा बस्ने, खाने र प्लेन खर्च पनि बेहोरेको छ । तर उनले भनेका अधिकांश चलचित्रकर्मी नल्याई पैसा कमाउनका लागि अवार्ड आयोजना गरेको र अवार्डमा धाँधली गरेको विषयमा संचारकर्मी प्रकाश सुवेदीले कान्तिपुर टेलिभिजनको रजटपटमा विशेष रिपोर्ट बनाएपछि उद्धव पौडेलले कान्तिपुर टेलिभिजनको व्यवस्थापन मार्फत ९ साउनको कार्यक्रम प्रसारण रोकाएका छन् ।

तस्बीरहरु: ऋषिराम कट्टेल/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>