खेलकुदआइतबार, साउन १३, २०७०

साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारत भिड्ने

हिमालखबर

नेपाल र भारतबीचको फाइनल खेल १५ साउनमा दशरथ रंगशालामा हुने भएको छ । भारतले १३ साउनमा अफगानिस्तानलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेर नेपालसँगको भेट पक्का गरेको हो । दुबै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

नेपालले भने १२ साउनमा बंगलादेशलाई ५–१ गोल अन्तरले पाखा लगाएर फाइनलयात्रा तय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...