समाचारबुधबार, जेठ ३१, २०६९
एसएसली परिक्षाको नतिजा आज प्रकाशित हुने
कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी भएको जनाइएको छ । उत्तरपुस्तिकाको कोडिङ सकेर रुजु गर्ने कार्य समेत सकिएको जनाउँदै कार्यालयले आज दिनभरको बाँकी काम सम्पन्न गरी अपराहृनसम्म परीक्षाफल र्सार्वजनिक गर्ने तयारी गरिएको हो ।
कार्यालयले आज परीक्षाफल प्रकाशन गर्न अपराहृन बोर्ड बैठक बोलाएको र प्रहरीसँग सुरक्षा समेत माग गरेको बताइएको छ । कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले परीक्षाको नतिजा आजै र्सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको र यस वर्षपनि गत वर्षस्तै छिटो नै अर्थात् उज्यालोमै परीक्षाफल र्सार्वजनिक गर्ने तयारी भएको बताए । यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फचार लाख ४५ हजार ९७४ र एक्जाम्टेडतर्फ८२ हजार २८३ जना परीक्षार्थी सहभागी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
