थप समाचारमंगलबार, साउन १५, २०७०

दारचुलाः दुई देश, नाम उस्तै, चोट उस्तै

BBC


मोहनलाल शर्मा

महाकाली नदीमा आएको बाढी । अनलाइन तस्बीर

नेपालतर्फ दारचुला छ भने भारततर्फ धारचुला । दुबैस्थानको बीचमा महाकाली नदी छ, जस्ले दुई देशको सीमा छुट्ट्याउँछ । दुवैतर्फ उस्तै नाम र उस्तै विपत्ति ।

अहिले नेपाल र भारतलाई एउटा साँगुरो झोलुंगे पुलले जोडेको छ । यद्दपी नेपाल र भारतबीच अरु दुईवटा झोलुंगे पुल थिए तर, प्राकृतिक विपत्तिमा दुवै पुल बगिसकेका छन् ।

नेपालमा सबैभन्दा बढी नोक्सान नदी किनारका बजार र घरहरुमा भएको छ । पुलतर्फको बजार र सडक सबै महाकाली नदीको प्रचण्ड वेगमा समाहित भएका छन् ।

नदीले सबै खोस्यो: हरकसिंह ठगुन्ना

नदीले सबै खोस्यो
नदी किनारमा रहेका ठूला घर र पसलहरु सबै नदीले बगायो पुल नजिक अहिले जुन बजार बचेको छ, त्यो आधामात्रै हो ।
यसै बजारका ब्यापारी हरकसिंह ठगुन्ना भन्छन्, “मेरो घर, पसल र सामान गरेर करिब दश करोड बराबरको क्षति भएको छ ।” उनी अगाडि भन्छन्, “यहाँ ५०–६० वटा पसल थिए भन्ने अहिले पत्याउनै गाह्रो छ । मेरा आफ्नै धेरै गोदाम र पसल थिए तर, अहिले एउटा पसलमात्रै बाँकी छ, सबै नदीले खोस्यो ।”

हरक सिंहको जस्तै मदन सिंहको पनि चार तले घर थियो, जसको अहिले नामनिशान छैन । आफूले ३५ लाख ऋण लिएर बनाएको आठ कोठे घर बाढीमा बगेको उनले बताए ।

सरकारले क्षतिपूर्ति दिएन
नेपाल सरकारले पूर्णरुपमा ध्वस्त घरहरुका लागि ३५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । केही दिनअघि नेपालका प्रधानमन्त्री र पूर्वराजाले समेत यस क्षेत्रको भ्रमण गरेका थिए, तर पीडितहरु आफूले क्षतिपूर्ति नपाएको बताइरहेका छन् ।
मदन सिंहले अहिलेसम्म कुनै राहत पाएका छैनन् । यसैगरी हरक सिंह पनि राहतका लागि सरकारी कार्यालयको चक्कर काटीरहेका छन् । अहिले मदन सिंह जसोतसो टिनको छाप्रो बनाएर परिवारसँग बसेका छन् । उनी भन्छन, “अहिले उधारो सापटी गरेर बच्चाहरुको पेट भरिरहेको छु । सबैभन्दा ठूलो समस्या त मेरो साढे चार लाख रुपैयाँ ऋण छ, त्यो कसरी चुक्ता गर्ने हो भन्ने छ ।”

नेपालका विपत्ति पीडितहरु भारत सरकारले आफ्ना नागरिकहरुलाई ठूलो सहयोग गरिरहेको, तर नेपाल सरकारले वास्ता नगरेको गुनासो गर्छन् । विपत्तिपछि नेपाली दारचुलामा आवश्यक रासन आपूर्तिकालागि सडक पनि बाँकी छैन । त्यसैले उनीहरुले भारत हुँदै झोलुंगे पुल तरेर रासनको ब्यवस्था गर्नुपरेको छ । यहाँसम्म कि ग्याँस सिलिण्डर भर्न पनि भारतकै भरोषा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>