समाचारबुधबार, जेठ ३१, २०६९
एमाओवादी संस्थापन र असन्तुष्ट वैद्य पक्षबीच छलफल हुँदै
संस्थापन पक्षको बैठकपछि एमाओवादी प्रवत्ता दीनानाथ शर्माले उपाध्यक्ष वैद्य पक्षसँग ठोस एजेन्डासहित वार्ता हुने जानकारी दिए । एकताका लागि आफूहरु हदैसम्म लचक हुन तयार रहेको शर्माको भनाइ छ । कुनै हालतमा पार्टी विभाजन हुन नदिने गरी वार्ता हुन लागेको उनले बताए ।
३० जेठमा भएको छलफलमा उपाध्यक्ष वैद्यले अध्यक्ष पुष्पकमल दाहालसँग लिखित अवधारणा मागेपछि दाहालले स्थायी समितिको बैठक बोलाएका हुन् । धोबीघाट गठबन्धनले प्रधानमन्त्री बन्ने अवसर जुराएलगत्तै उपाध्यक्ष बाबुराम भट्टराई दाहाल क्याम्पमा गएपछि वैद्य पक्ष रुष्ट बनेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
