रमझममंगलबार, साउन १५, २०७०
फाप्यो फिल्म
वितेको ६ वर्षमा उनले अभिनय गरेका फस्ट लभ, मेरो लभ स्टोरी, लूट, हाइवे, भिसा गर्ल, उमा जस्ता फिल्म दर्शकमाझ चर्चित रहे। ऋचा फरक–फरक चरित्रमा उम्दा अभिनय गर्ने कलाकारमा दरिइन्।
उनी राम्रै मिहिनेत पनि गर्छिन्। हाइवे मा ‘कल गर्ल’ र उमा मा माओवादी छापामारको भूमिका गर्नुपर्दा मैले साँच्चिकै पात्रहरुलाई खोजीखोजी भेटेकी थिएँ, ऋचा भन्छिन्, “वास्तविक पात्रहरुलाई भेटेपछि अभिनयले चरित्रमाथि न्याय गर्छ नै।”
म्युजिक भिडियोबाट अभिनयमा आएकी ऋचाले यसबीचमा घरभेटी बा, हाम्रो टीम जस्ता टेलिसिरियलमा पनि काम गरिन्, भिडियो जक्की बनिन्। चलचित्र भिसा गर्ल मा त उनी सहनिर्मात्री समेत बनिन्।
फ्रान्सको पेरिसमा तीन महीने अभिनय प्रशिक्षण लिएर भर्खरै आएकी उनी नयाँ फिल्मको तयारीमा छिन्। २/३ वटा स्त्रि्कप्ट चित्त नबुझेर फ्याँकिसकेको बताउने ऋचाले विनय श्रेष्ठसँग ‘ब्रेकअप’ भएपछि कामतिरै ध्यान दिएको बताइन्। “अब दुई वर्ष काममै ध्यान दिने हो”, उनी भन्छिन् “घरजमबारे पछि नै सोचुँला!”
शब्दः अनुशील
तस्वीरः सूर्य कार्की
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
