समाचारशुक्रबार, आषाढ १, २०६९
एमाले जनजाति विरोधी होइन-खनाल
एमाले सञ्चार इलाका कमिटीले काठमाडाँमा १ असारमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले एमाले जनजाति विरोधी नभएकाले यस तथ्यलाई मनन् गरिदिन पनि सञ्चार माध्यमसँग आग्रह गरे ।
एमाले अध्यक्ष खनालले संविधानसभामा ठूलो दलका रुपमा रहेको एमाओवादी कै कारण शान्ति र संविधान निष्कर्षा पुग्न नसकेको बताएका छन् । उनले संविधान जारी गर्न नसक्नुको मुख्य जिम्मेवारी माओवादीले लिनुपर्ने दाबी गरे । संविधानसभामा ठूलो दल र सरकारको नेतृत्व गर्ने एमाओवादीले शान्ति प्रक्रियामा पनि ठोस काम गर्न नसकेको खनालको भनाइ थियो । खनालले एमाओवादीले आफ्ना लडाकूको समायोजन र व्यवस्थापन गर्न पनि आलटाल गरेको स्मरण गराए ।
कार्यक्रममा एमालेका नेता प्रदीप ज्ञवालीले पनि एमाओवादी गम्भीर नहुँदा संविधानसभाको दुःखद् अन्त्य भएको टिप्पणी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
