रमझमबुधबार, साउन १६, २०७०

बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि युनिसेफको अभियान

हिमालखबर

हातेमालो सञ्चारबाट सहभागी भएका बालबालिकाले युनिसेफको सहयोगमा सञ्चालित रेडियो कार्यक्रम “साथीसँग मनका कुरा”का युवा स्रोताले पठाएका बाल दुव्र्यवहार समेटिएका यथार्थ कथाहरुलाई अभिनय मार्फत प्रस्तुत गरेका थिए । तस्बीर:डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर

“बालबालिका विरुद्ध हुने धेरैजसो हिंसा प्रायः देखिन्न, सुनिन्न र रिपोर्ट पनि गरिदैन,” युनिसेफद्वारा सर्वसाधारण नागरिकहरु, सांसदहरु र सरकारहरुलाई बालबालिका बिरुद्ध हुने हिंसा अन्तका लागि जोडदाररुपमा आवाज उठाउन १६ साउनमा अभियानको घोषणा गरिएको छ ।

“हरेक मुलुकमा, हरेक संस्कृतिमा बालबालिकामाथि हिंसा भइरहेकै छ,” युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले न्यूयोर्कमा यो नयाँ अभियानको शुभारम्भ गर्दै भनेकाछन् “बालबालिकामाथि जहाँकहीँ हिंसा भएको देखेमा हाम्रो आक्रोश र बिरुद्धको आवाज अनिवार्यरुपमा देखिनु र सुनिनु पर्दछ । हामीले यस्ता अदृश्य घटनालाई सार्वजनिक गर्ने पर्दछ ।” युनिसेफले सञ्चालन गर्न लागेको बालबालिका बिरुद्ध हुने हिंसा अन्त्यका लागि सञ्चालन गरिएको यो अभियानको मुल सन्देश नै यहि हो ।

नेपालमा पनि यो अभियानको शुभारम्भका अवसरमा बालबालिकाबिरुद्ध हुने हिंसा अन्तका लागि आवाज उठाउन र हातेमालो गर्न बालबालिका, बालसंरक्षणमा कार्यरत निकायहरु, अन्तर्राष्ट्रिय/राष्ट्रिय गैससहरुमा आबद्ध अधिकारकर्मीहरु, कुटनीतिज्ञहरु, विभिन्न धार्मिक र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती थियो ।

समारोहमा बालबालिका बिरुद्ध हुने अदृश्य हिंसाहरुका केहि झलकलार्ई नेपालकी चर्चित भिक्षुणी तथा गायिका आनी छोइङ ड्रोल्माद्धारा स्वरबद्ध गरिएको निकै प्रभावशाली र मार्मिक भिडियो मार्फत सार्वजनिक गरियो ।

नेपाली राष्ट्रिय गान प्रस्तुत गरेर काठमाडौँमा यो अभियानको सुभारम्भ भएको हो । समारोहमा बालबालिका बिरुद्ध हुने अदृश्य हिंसाहरुका केहि झलकलाई नेपालकी चर्चित भिक्षुणी तथा गायिका आनी छोइङ ड्रोल्माद्धारा स्वरबद्ध गरिएको निकै प्रभावशाली र मार्मिक भिडियो मार्फत सार्वजनिक गरियो । बालबालिका विरुद्ध हुने धेरै हिंसाका अदृश्य घटनालाई बाहिर ल्याउनु पर्ने आनीको आग्रह छ । उनी भन्छिन “बालबालिकाबिरुद्ध हुने हिंसा अन्त्यका लागि हामीलाई सहयोग गर्नुहोस् । आउनुहोस् । यस विषयमा साहसका साथ कुरा गरौँ ।”

बालबालिकाबिरुद्ध हुने हिशांका वारेमा सिमित तथ्याङ्ककले गर्दा पनि यस बिषयमा सबैको सहकार्य आवश्यक छ । उदाहरणका लागि, विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा १८ वर्षमुनिका करिब १५ करोड केटीहरु र ७ करोड ३० लाख केटाहरुले यौन हिंसा र शोषणको अनुभव गरिरहेका छन्, भने अन्तरराष्ट्रिय श्रम संगठनको प्रतिवेदन अनुसार झण्डै १२ लाख बालबालिका हरेक वर्ष बेचबिखनमा पर्ने गरेका छन् ।

नेपालमा ५–१७ वर्ष उमेरका समूहका करिब ४० प्रतिशत बालबालिका कुनै काम गरिरहेका छन् । एक अनुमानका अनुसार नेपालबाट हरेक वर्ष भारतमा १२,००० बालबालिका बेचबिखन गरिन्छन् । तर अहिले उनीहरुको गन्तव्य र संख्या दुवै माथि गएको छ । अनुमानित ११,०००–१३,००० किशोरी र महिलाहरु “रात्रिकालीन मनोरञ्जन क्षेत्रमा” मा संलग्न छन् । एक अध्ययनका अनुसार दुईदेखि १४ वर्ष उमेरका करिब ८३ प्रतिशत बालबालिकामाथि कुनै न कुनै प्रकारका शारिरीक वा मानसिक हिंसा भएको बताएका छन् भने ४० प्रतिशत बालबालिका अभिभावका वा हेरचाहकार्ताले नै बालबालिकालाई अनुशाशित गर्न शारीरिक सजाय दिनुपर्छ भन्ने कुरामा विश्वास राख्छन् ।
हिंसाले बालबालिकामा शारीरिक चोटपटक मात्र नभई नभई मानसिक आघात पनि पुरयाउँछ । यसले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा असर पार्दछ, उनीहरुको सिक्ने क्षमता र सामाजिकीकरणमाथि सम्झौता गर्दछ र उनीहरुको विकासलाई अवमूल्यन गर्दछ ।

गौरी प्रधान, सुनिता दनुवार, हाना सिङगर, उर्मिला चौधरी र आनी छोईङ डोल्मा। तस्बीर:डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर“महिला र बालबालिकाबिरुद्ध हिंशा हुनेक्रम निरन्तर छ, । यौन तथा श्रम शोषणको निम्ति देशभित्रै र बाहिर बेचबिखन हुने तथा हानिकारक परम्परागत तथा विभेदकारी व्यवहार अझै बिधमान छ । सरकारदेखि नागरिक समाज तथा समुदायस्तरसम्म हामी सबैले मिलेर काम गरेमा मात्र हामीले यी हिंसा विरुद्ध प्रभाव कायम गर्न सक्छौं,” समारोहका प्रमुख अतिथी तथा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता एवम् आयुक्त गौरी प्रधानले भने ।

समारोहमा आनी छोइङ ड्रोल्मा, बेचबिखनमा परेकी पूर्व पीडित सुनिता दनुवार र विगतमा कम्लरी बसेकी उर्मिला चौधरी समेतले आ–आफनो बाल्यकालको अनुभव सुनाउँदै उमेर बढ्दै जाँदा बालबालिकाले सहनुपर्ने धेरै किसिमका हिंसाका बारेमा प्रकाश पारेका थिए ।

हातेमालो : १६ साउनमा बाल हिंसा अन्त्यका लागी युनिसेफले सुरु गरेको अभियानको शुभारम्भ कार्यक्रममा हिंसा बिरोधी नाटक प्रस्तुत गर्दै बाल बालिका। तस्बीर:बिक्रम राई/हिमालखबर

स्थानीय गैर सरकारी संस्था हातेमालो सञ्चारबाट सहभागी भएका बालबालिकाले युनिसेफको सहयोगमा सञ्चालित रेडियो कार्यक्रम “साथीसँग मनका कुरा”का युवा स्रोताले पठाएका बाल दुव्र्यवहार समेटिएका यथार्थ कथाहरुलाई अभिनय मार्फत प्रस्तुत गरेका थिए । चिठीहरुमा समेटिएका नमुना पाठहरु बालश्रमदेखि शारीरिक सजाय र व्यभिचार (हाडनाता यौनसम्बन्ध)सम्म रहेका थिए ।

महिला र बालबालिकाको अधिकारलाई संरक्षण र प्रबद्र्धन गर्नेतर्फ नेपाल सरकार र नेपाली जनतासँग सन् १९६८ देखि नै युनिसेफ निरन्तर साझेदार रहीआएको छ । युनिसेफका कार्यक्रमहरुले सर्वाधिक अवसरविहीन समुदायहरु, खासगरी बालबालिका र महिला तथा अशक्तता भएका व्यक्तिहरुसम्म पुग्नका निम्ति निकै बढी जोड दिएको छ ।
“हिंसाको चक्रलाई तोड्नु निकै कठिन तर तत्कालै गर्नुपर्ने कार्य हो जसलाई विलम्ब गर्न वा लम्ब्याउन सकिन्न । शिक्षकहरु, स्वास्थ्य सेवासम्बन्धी निकायहरु, सांसदहरु, कानुन कार्यान्वयनकर्ताहरु, न्यायपालिका तथा सञ्चार माध्यम समेतका सरकारी र गैरसरकारी पक्षहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ, र हामीले कामहरु छिटोछिटो गर्नु आवश्यक छ,” नेपालका लागि युनिसेफका प्रतिनिधि हाना सिङ्गरले भनिन ।

युनिसेफ नेपाल यो अभियानको सुभारम्भमा सहभागी भएको छ । आउँदा महिना र वर्षमा नेपालमा बालबालिकाले भोग्नु परेका हिंसाका व्यापक सवालहरुलाई समेट्न गम्भीर र व्यापक अभियान मार्फत यो प्रयत्न अगाडि बढ्नेछ ।

न्यूयोर्कमा यो अभियानको शुभारम्भ अभिनेता तथा युनिसेफका सद्भावना राजदूत लियाम नीसोनले वाचन गरेको भिडियोसँगै सार्वजनिक गरिएको थियो । उनले त्यसअवसरमा अदृश्य किसिमका हिंसालाई प्रस्तुत गर्न शृङ्खलाबद्ध दृश्यहरु दर्शकसमक्ष प्रस्तुत गरिएको थियो । आनी छोइङलाई प्रस्तुत गरिएको नेपाली भिडियो यही सार्वजनिक सन्देशमा आधारित छ ।

आनी छोइङ ड्रोल्मा रहेको सार्वजनिक सन्देशलाई तलको लिङ्कमा हेर्न सकिन्छः

http://www.youtube.com/watch?v=zJ38tmSXUNg&feature=youtu.be

[youtuber error=’Not a YouTube, Vimeo or Google Video URL: http://youtu.be/zJ38tmSXUNg’]

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>