खेलकुदबुधबार, साउन १६, २०७०

सेना र प्रहरी महिला फुटबलको फाइनलमा

हिमालखबर

भद्रकालीस्थित सेनाको मैदानमा १६ साउनमा सेनाले सुदूरपश्चिमाञ्चललाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  विजया राई, कविता धिमाल र बिपा अधिकारीले एकएक र कृष्णा खत्रीले दुई गोल गरेकी थिइन् । सुदूरपश्चिमका लागि वीना चौधरीले सान्त्वना गोल गरिन् ।

आजै भएको अर्को खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निरु थापाले दुई र रूपा मगरको एक गोल नेपाल प्रहरीलाई फाइनलमा पु¥याएको हो । सशस्त्रकी अनु लामाले एक गोल गरेकी थिइन् ।

तेस्रो स्थानका लागि सुदूरपश्चिमाञ्चल विकास क्षेत्र र सशस्त्र प्रहरीबीच प्रतिस्प्रर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...