समाचारशुक्रबार, आषाढ १, २०६९
निकासका लागि दलहरु मिल्नै पर्ने एमाओवादी अध्यक्षको भनाई
एमाओवादीले १ असारमा काठमाडौं खुलामञ्चमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष दाहालले दलहरुबीच सहमति भए मात्रै मुलुकले निकास पाउने धारणा राखे । धैर्य भएर देशलाई निकास दिन विवेकको प्रयोग गर्नुपर्ने उनको भनाई छ ।
अन्य दलका नेताहरुले जस्तो आफू कसैलाई गाली गर्ने पक्षमा नरहेको भन्दै भाषण शुरु गरेका दाहालले संविधानसभा विघटन र राज्यपुनर्सरचनामा सहमति बन्न नसक्नुको सबै दोष भने कांग्रेस र एमालेलाई थोपरे । २६ र २७ जेठको तुलनामा आफ्नोसभामा ठूलो उपस्थिति भएको भन्दै अन्य दललाई उनले खिस्युटरी गर्न समेत भ्याए । संविधानसभाबाट बाहेक अन्य कुनै तरिकाले संविधान लेख्न नहुने भनाई उनले पुनः दोहोर्याए ।
छुट्टै भेलाको तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाको नामै लिएर एकताका लागि उनले आव्हान गरे । कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टर्राई, नारायणकाजी श्रेष्ठ, मल्ल के सुन्दर लगायतले आआफ्ना धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
