समाचारशनिबार, आषाढ २, २०६९
सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा
एमाले केन्द्रीय कार्यालय मदननगर, बल्खुमा २ असारमा बसेको प्रतिपक्षीदलहरुको संयुक्त बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको नेकपा माले महासचिव सिपि मैनालीले जानकारी दिए । मसाल जुलुस, विरोधसभा, घेराउ, बहिस्कार जस्ता कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गरिने मैनालीले बताए ।
विरोध कार्यक्रमअर्न्तगत प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिल भ्रमणमा जाने क्रममा अन्तराष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउने भएको छ । प्रधानमन्त्री भट्टराई १४ जेठपछि कामचलाउ भईसकेको तथा पदत्याग गरेर सहमतिका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनीहरुको माग छ । ७ मंसिरका लागि संविधानसभा निर्वाचन घोषणा गर्दा दलीय सहमति कायम नगरेको र प्रक्रिया समेत नपुगेको भन्दै विपक्षीदलहरुले बिरोध गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
