थप समाचारशुक्रबार, साउन १८, २०७०

धोबीघाटमा गरिबका लागि सस्तो आवास

हिमालखबर

नवनिर्मित चारतले भवनका २४ कोठामध्ये प्रतिपरिवार एउटा मात्र कोठा भाडामा दिइने सार्वजनिक सूचना जारी भएपछि इच्छुकको निवेदन प्राप्त भइसकेको आवास सहयोग समूहका कार्यकारी निर्देशक लजना मानन्धरले बताएकी छन् ।

आकासेपानी सङ्कलन प्रविधि र बिजुलीको विकल्पका लागि सौर्यशक्ति जडान गरिएको भवनमा कोठा भाडामा दिनका लागि परिवार छनोट गर्न ललितपुर उपमहानगरपालिकाका प्रतिनिधि, स्थानीय टोल सुधार समिति, पत्रकारसमेत सम्मिलित समिति गठन भएको मानन्धरले जानकारी दिइन् ।

न्यून आय भएका कम्तीमा दुई र बढीमा चार जनाको परिवार सङ्ख्या भएको, कुनै पनि फौजदारी अभियोगका मुद्दा नचलेको, असल चालचलन भएको, बाहिर जिल्लाबाट रोजगारको सिलसिलामा राजधानीमा बस्दैआएको वा वैदेशिक रोजगारीमा गएकाहरूको परिवारलाई भाडामा दिइने मापदण्ड बनाइएको लुमन्ती आवासका लागि सहयोग समूहका अध्यक्ष प्रफुल्लमानसिंह प्रधानले जानकारी दिए ।

धोबीघाटमै ३० कोठाको भएको अर्को भवनको निर्माण गर्ने दोस्रो चरणको कार्यक्रम पनि थालनी गरिसकिएको जनाउँदै उनले शहरी क्षेत्रका गरिबका लागि यस्तो आवास कार्यक्रम सरकारले पनि सञ्चालन गर्न लुमन्तीले ध्यानाकर्षण गराइसकेकोे बताए ।

लुमन्तीले तयार पारेको भवन गुणस्तर र सेवासम्बन्धी स्थलगत अनुगमन गर्न पुगेका शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले राष्ट्रिय आवास नीति र घरभाडा आचारसंहिताअनुसार पहिलो पटक निजी तवरबाट प्रभावकारी कार्यान्वयन भएको पाइएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>