खेलकुदशुक्रबार, साउन १८, २०७०

सेनापति कप प्रहरीलाई

हिमालखबर

काठमाडाँैमा १८ साउनमा नेपाली सेनालाई १–० गोल अन्तरले पराजित गर्दै प्रहरीले उपाधि जितेको हो । उपाधि विजेता प्रहरीले रु. तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता सेनाले रु एक लाख ५० हजार पायो भने तेस्रो हुने सशस्त्र प्रहरीले रु ५० हजार पुरस्कार जितेको छ ।

प्रतियोगिताकी उत्कृष्ट खेलाडी प्रहरीकी खेलाडी निरु थापाले स्कूटर प्राप्त गरेकी छन् ।

यस्तै उत्कृष्ट गोलरक्षक प्रहरीकी नमिता दली, उत्कृष्ट डिफेन्डर प्रहरीकी धीरकुमारी गुरुङ, उत्कृष्ट मिड फिल्ड सेनाकी दीपा अधिकारी, उत्कृष्ट फरवार्ड सेनाकी कृष्णा खत्री र उत्कृष्ट प्रशिक्षक प्रहरीका सन्देश श्रेष्ठले जनही रु १० हजार पुरस्कार पाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...