रमझमशनिबार, साउन १९, २०७०
मनिषा ‘इन्सपायरिंग वुमन’
क्यान्सरको उपचारपछि पूर्णरुपमा स्वस्थ्य भएकी अभिनेत्री मनिषा कोइरालाले मुम्बईमा कफिटेबल बुकका लागि फोटो शुट गरेर नयाँ शुरुवात गरेकी छन् ।
बीबीसीका अनुसार यस किताबमा मनिषालाई ‘इन्सपायरिंग वुमन’ को रुपमा समावेश गरिएको छ । ‘आइकॉनिक वूमन ऑफ इंडिया’ प्रोजेक्टका लागि मनिषाका तस्वीरहरु खिचिएको हो । किरण बेदीले पनि यो प्रोजेक्टका लागि फोटोशुट गराउने बीबीसीले उल्लेख गरेको छ ।
नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट चलचित्रमा प्रवेश गरेकी मनिषाको पहिलो हिन्दी फिल्म ‘सौदागर’ हिट भएको थियो ।
मणिरत्नमको ‘बम्बे’ र ‘दिल से’, विधुविनोद चोपडाको ‘१९४२ अ लव स्टोरी’ र राम गोपाल वर्मा निर्देशित ‘कम्पनी’ मा मनिषाको अभिनयको निकै प्रशंसा गरिएको थियो ।
मनिषाले हिंदी बाहेक तामिल, तेलुगु र मलायलम फिल्ममा पनि काम गरिसकेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>