खेलकुदशनिबार, साउन १९, २०७०

को को परे राष्ट्रिय फुटबल टोलीमा

हिमालखबर

फाइल तस्वीर ।

आगामी भदौमा हुने साफ च्याम्पियनसिपलाई मध्येनजर गरेर एन्फाले १९ साउनमा राष्ट्रिय टीमबाट खेल्ने खेलाडीको नाम घोषणा गरेको हो । राष्ट्रिय टीमको गोलरक्षकमा किरण लिम्बु, रितेश थापा र बिशाल श्रेष्ठ छन् ।

सागर थापाको कप्तानीमा संदीप राई, रोहित चन्द, विराज महर्जन, रबिन श्रेष्ठ, बिजय धिमाल, जगजित श्रेष्ठ, अनन्त तामाङ, राजु तामाङ सम्मिलित टोली घोषणा गरिएको हो । यस्तै भोलानाथ सिलवाल, विजय गुरुङ, बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, टंक बस्नेत, टेकबहादुर बुढाथोकी, जुमानु राई, बिमल घर्ती मगर, भरत खवास, संतोष साहुखल र अनिल गुरुङ पनि टोलीमा छन् ।

राष्ट्रिय टीमका खेलाडीहरू २० साउनमा दुई साता लामो अभ्यासका लागि बहराइन जाने भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...