समाचारशनिबार, आषाढ २, २०६९

‘एमाओवादीलाई देश र जनताविरुद्ध प्रयोग गरे’

हिमालखबर

राजधानीको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा २ असारमा शुरु राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष वैद्यले आफ्नै पार्टीका नेताहरुले एमाओवादीलाई देश र जनताविरुद्ध प्रयोग गरेको बताए । माओवादीका शीर्ष नेताहरु असफल भईसकेकाले भेलाबाट नयाँ नेतृत्व खोजिने वैद्यको भनाई थियो ।

वैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई संघीयता विरोधी भएको उल्लेख गरे । कहिले ८ प्रदेश कहिले नामविनाका ११ प्रदेशमा सहमति जनाएर दाहाल र भट्टराईले संघीयता विरोधी चरित्र देखाईसकेको वैद्यले कार्यक्रममा दाबी गरे ।

कार्यक्रममा उपाध्यक्ष वैद्य, महासचिव थापा, सचिव सिपि गजुरेल र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>