Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सीमाहीन मातृत्व - Himalkhabar.com

व्यक्तित्वसोमबार, साउन २१, २०७०

सीमाहीन मातृत्व

हिमालखबर

काठमाडौं माइतीघरको सेन्ट जेभियर कलेजले ‘सोसल सर्भिसेस्’ विषयका विद्यार्थीहरूको समूहलाई अध्ययन भ्रमणको सिलसिलामा सुन्धारास्थित केन्द्रीय कारागारको महिला शाखामा लैजाँदा आमासँगै कारागारमा बसेकी बालिका सानुकान्छी तामाङ एउटी छात्राको कुर्ता समात्न आइपुगिन्। सात वर्षअघिको त्यो घटनाले ती छात्रा पुष्पा बस्नेतलाई एउटी असाधारण आमा बनायो, जो अहिले अविवाहित भएर पनि दर्जनौं सन्तानकी ‘पुष्पा मामु’ बनेकी छन्। उनका सबै छोराछोरी बाबुआमासँग कारागारमा बस्न बाध्य निर्दोष नानीहरू हुन्।

एकैरातको निर्णयमा सानुकान्छीसहित चार छोराछोरीको आमा बनेकी २८ वर्षीया पुष्पा बस्नेत अहिले ४८ बालबालिकाको लालनपालन गरिरहेकी छन्। बूढानीलकण्ठस्थित उनको ‘प्रारम्भिक बाल विकास केन्द्र’ मा अढाइवर्षे नानीदेखि १७ वर्षका किशोरकिशोरीले असल आमाबाट पाइने स्नेह, सुरक्षा र शिक्षा पाइरहेका छन्। बोर्डिङ स्कूल जाने उनीहरूलाई पढ्ने, खेल्ने बाहेक उमेर सुहाउँदो जिम्मेवारी (जस्तो सानुकान्छीले खाना खानेबेलामा चम्चा वितरण गर्नुपर्छ) पनि दिइएको छ। “अर्काले हुर्काइरहेका बालबच्चा भनेर हेलाँहोचो नगरुन् भनेर स्कूलको फिसमा छुट मागेकी छैन”, पुष्पा भन्छिन्, “सबै ज्ञानी बनुन् भनेर उनीहरूको पढाइमा कडा मिहिनेत गराएकी छु।”

बिहान ६ बजे शुरू हुने पुष्पाको दिनचर्या देशका १४ कारागारबाट ल्याइएका नानीहरूको हेरचाहमा बित्छ। उनका हातहरू छोराछोरीको गृहकार्यदेखि पोशाक, खाना, विस्तरा र शौचालयसम्म पुग्छन्। केटाकेटीले भनेको नमान्दा कहिलेकाहीं चित्त दुखाउने पुष्पा तिनका कलिला हातले बनाएका चित्र वा खेलौना उपहार पाउँदा पुलकित हुन्छिन्। उनीहरू कक्षामा पहिलो–दोस्रो भएर वा खेलकुदमा पुरस्कार विजेता बनेर आउँदा उनलाई गर्व लाग्छ। पुष्पा अहिले ‘आमा’ शब्दमा निहित ‘शक्ति’ को पूर्ण अनुभूति गरिरहेकी छन्, जुन शक्तिले उनलाई सीएनएन हिरो बनाएको छ।

अमेरिकाको अन्तराष्ट्रिय टेलिभिजन सेवा ‘केवल न्यूज नेटवर्क’ले प्रदान गरेको सिएनएन हिरो भएबापत एक लाख अमेरिकी डलर पाएपछि काम गर्न सजिलो भएको बस्नेत बताउँछिन् । उनले थप नानीहरूलाई पढाउने तयारी भईरहेको जानकारी दिइन् ।

हिमालखबर पत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>