ब्लगसोमबार, साउन २१, २०७०

पशुपतिमा साउने सोमबार (फोटो फिचर)

dewaki

साउन महिनाको सोमबार व्रत बसी महादेवको पूजा उपासना गर्नाले मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ । महिलाहरु मात्रै होइन महादेवलाई प्रिय गेरुवा रंगको वस्त्र लगाएर बोल वम भन्दै पुरुषहरु पनि साउनभरि नै विभिन्न शिवमन्दिरहरुमा पुग्ने गर्छन् ।

साउन महिनामा हरियाली छाउने र फल पहेंलो भएर पाक्ने हुनाले पनि यस महिनामा पहेंलो र हरियो रंगको महत्व बढेको हो ।

२२ साउन सोमबार बिहानैदेखि पशुपतिमन्दिरमा यस्तै श्रद्धालु्हरुको घुइँचो थियो । ट्राफिक प्रहरीलाई सवारी साधन र महानगरपालिका प्रहरीलाई भीड ब्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।

साउनमा शिव उपासना गर्दै बिवाहित महिलाहरुले पतिको दीर्घायू तथा अविवाहितहरुले योग्य पति पाउन पनि व्रत बस्ने गर्छन् ।

धरानको पिण्डेश्वर मन्दिरमा २१ साउनमा जल चढाउन जाँदै राप्रपा नेपालका अध्यक्ष कमल थापा । तस्बीरः सोहन श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>