खेलकुदसोमबार, साउन २१, २०७०

प्रत्यारोपण खेलकुद प्रतियोगितामा श्रेष्ठ दोस्रो

हिमालखबर

अङ्ग प्रत्यारोपणका क्षेत्रमा कार्यरत चिकित्सक डा पुरकारचन्द्र श्रेष्ठले प्रतियोगितामा नेपालसहित विश्वका ८० देशले भाग लिएकामा एक सय, दुई सय र चार सय मिटर प्रतियोगितामा भाग लिएकी श्रेष्ठले एक सय र दुई सय मिटरतर्फ भने चौथो स्थान प्राप्त गरेको जानकारी दिए ।

नेपालमा हरेक नयाँ वर्षको पहिलो दिन आरोग्य फाउन्डेसनको संयोजनमा प्रत्यारोपण खेलकुद प्रतियोगिता हुँदै आएको छ । खासगरी मिर्गौला प्रत्यारोपित पनि खेलकुदमा भाग लिन सक्षम हुन्छन् भन्ने ध्येयले प्रतियोगिता हुने गर्छ ।

हाल नेपालमा मिर्गौला प्रत्यारोपण गर्नेको सङ्ख्या तीन सयभन्दा माथि पुगेको डा श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...