समाचारआइतबार, आषाढ ३, २०६९
मोहन वैद्य पक्षको बन्दसत्र शुरु
काठमाडौंको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा ३ असारमा बन्दसत्र शुरु भएको हो । बन्दसत्रमा उपाध्यक्ष वैद्यले राजनीतिक, महासचिव रामबहादुर थापाले सांगठनिक, स्थायी समिति सदस्यद्वय नेत्रविक्रम चन्दले आर्थिक र देव गुरुङले विधानको मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । भेलामा साढे २ हजार नेता कार्यकर्ता सहभागी भएको एमाओवादी केन्द्रीय सदस्य जयपुरी घर्तिले जानकारी दिएकी छन् ।
यसैबीच राष्ट्रिय कार्यकर्ता भेला गरिरहेका असन्तुष्ट पक्षलाई एकताका लागि संस्थापन पक्षले आह्वान गरेको छ । पुष्पकमल दाहाल पक्षीय स्थायी समिति सदस्यहरुको आजको बैठकले वैद्य पक्षलाई पार्टी एकताको पक्षमा प्रस्ताव पारित गर्न आह्वान गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
