समाचारआइतबार, आषाढ ३, २०६९

पूर्वी नेपालबाट मनसुनी गतिविधि सुरु

रासस

महाशाखाका अनुसार मुलुकको पूर्वी पहाडी जिल्ला धनकुटा, ताप्लेजुङ, धरान र जिरीमा आज वर्षा सुरु भइ विस्तारै मुलुकका अन्य भागमा सक्रिय भइरहेको महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए।

महाशाखाका अनुसार मनसुन भारत हुँदै नेपालमा सामान्यतया जुन १० देखि सुरु भएर सेप्टेम्बर २३ सम्म रहने गर्दछ । यस वर्ष भने मनसुन एक सातापछि मात्र सुरु भएको हो ।

महाशाखाले मापन गरेको पछिल्लो वर्षा र तापक्रमअनुसार आज सबैभन्दा बढी दिपायलमा ४२ डिग्री सेल्सियस तापक्रम रहेको छ भने सबैभन्दा बढी वर्षा ताप्लेजुङमा ३५ दशमलव १ मिलिमिटर रहेको छ । हिजोको तुलनामा आज तापक्रम घट्दै गइरहेको बताइएको छ ।

यसैगरी नेपालगञ्जमा ३९ दशमलव ८, धनगढीमा ३९ दशमलव २, वीरेन्द्रनगरमा ३८, भैरहवामा ३२ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

महाशाखाका अनुसार जेठ महिनाको हालसम्म कुल ६३ दशमलव २ मिलिमिटर वर्षा भएको छ । औसत ९सामान्यतः० जेठ महिना ११६ मिलिमिटर पानी पर्नुपर्ने हुन्छ । पानी नपर्नाले उपत्यकालगायत मुलुकका विभिन्न भागमा गर्मीको वातावरणमा खासै गिरावट नआएको श्रेष्ठले जानकारी दिए।

काठमाडौँमा केही दिनअघि वर्षकै सबैभन्दा बढी ३४ डिग्री सेल्सियस अधिकतम् तापक्रम रहेको थियो भने पछिल्ला दिनमा मौसममा बदली भई तापक्रम केही घट्दै गएको छ । यद्यपि, अधिकतम तापक्रममा उतारचढाव आइरहने जनाइएको छ ।

वरिष्ठ मौसमविद् श्रेष्ठका अनुसार छिमेकी भारतमा पानी पर्न अझै केही दिन लाग्ने र त्यसपछि मात्र नेपालमा पानी पर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>