समाचारआइतबार, आषाढ ३, २०६९
भट्टराईलाई हटाउने अधिकार कसैलाई छैनः पौडेल
उनले भने दलका नेताहरुले राष्ट्रपतिलाई सरकार परिवर्तनका कुरा गरिरहेका छन् त्यो संविधान विपरित हो । उनले विभिन्न क्षेत्रबाट राष्ट्रपतिलाई कु गर्न उक्साइरहेको र राष्ट्रपतिले त्यसो गर्न नमिल्ने दावी समेत गरे। पौडेलले लोकतन्त्र र दलहरुको हित राष्ट्रपतिलाई सकि्रय राजनीतिमा ल्याएर नहुने ठाकुवा गरे। त्यसो गरे देशमा झ्न ठूलो जटिलता आइलाग्ने र मुलुक द्वन्द्वमा फस्दै जाने बताए।
दहरुको सहमति भएर स्वयंले राजीनामा दिनु बाहेक अहिले प्रधानमन्त्रीलाई कसैले पनि हटाउन नसक्ने दावी पौडेलले गरेका छन्। उनले संविधानसभा रहँदै वैधानिक सरकारले गरेको संविधानसभाको निर्वाचनको घोषणा अवैधानिक नरहेको बताए।
सोही साक्षात्कार कार्यक्रममा मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित काम गरेको अवस्थामा राष्ट्र प्रमुख र संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले प्रधानमन्त्री हटाउन सक्ने दावी गरे। यादवले संविधान वितपरित चुनावको घोषणा गर्ने प्रधानमन्त्रीलाई हटाइहाल्नुपर्ने उनको दावी छ । संविधानको धारा १५८ टेकेर बाधा अड्काउ फुकाएर मुलुकलाई निकास दिन राष्ट्रपतिलाई कसैले रोक्न नसक्ने ठोकु गरे ।