Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सोवितको सारङ्गी मोह - Himalkhabar.com

रमझमबिहीबार, साउन २४, २०७०

सोवितको सारङ्गी मोह

डम्बरकृष्ण श्रेष्ठ

भानु–९ तनहुँका सोवित राना मगर (४०) सारङ्गी बजाउन मात्रै होइन, बनाउन पनि खप्पिस छन् । तस्बीर:ऋषीराम कट्टेल

नेपाली समाजमा गन्धर्व र सारङ्गीको ठूलो सांस्कृतिक महत्व छ । एक समयमा गन्धर्वहरू संगीत, संस्कृति र संचारका माध्यम थिए । तर, आज त्यो स्थिति छैन । गन्धर्व समुदायमै पनि सारङ्गी बोकेर गाउँदै हिंड्ने युवकहरू भेटिन छाडेको छ । यो अवस्थामा भानु–९ तनहुँका सोवित राना मगर (४०) सारङ्गी उस्ताद बनेका छन् । उनी सारङ्गी बजाउन मात्रै होइन, बनाउन पनि खप्पिस छन् । त्यसो त उनी डेढ दर्जनभन्दा बढी लोकबाजा राम्रोसँग बजाउँछन् र बनाउँछन् पनि ।

सारङ्गी बोकेर सिंगापुर, बेलायत, हङकङ जस्ता मुलुक घुमिसकेका सोवितले काठमाडौं ठमेलको अशोक गल्लीमा वाद्य यन्त्रहरूको पसल पनि खोलेका छन् । पसलमा आफैं बनाएका सारङ्गी, टुङ्गुना, खैंचडी, विनायो, यलम्बर, एकतारे, जिम्बे, माहुरी, बाँसुरी, मुरली लगायत नेपाली बाजाहरू छन् । आफू नेपालका राम्रामध्ये ए सारङ्गी वाधक भएको दाबी गर्ने सोवित यो पसल पनि पैसाको लागि नभई नेपाली बाजा प्रवद्र्धनका लागि भएको बताउँछन् । “सारङ्गी नेपालको महत्वपूर्ण बाजा भए पनि अझै साइजको टुंगो छैन”, सोवित भन्छन्, “यसको उपयुक्त साइज निर्धारण गरेर विश्व संगीतमा यसलाई स्थापित गर्ने मेरो उद्देश्य हो ।”

सोवित कुनै बेला ‘हिमालयन फिलिङ्स’मा थिए । यो ब्याण्डले होटल याक एण्ड यतीको कल्चरल÷म्युजिकल प्रोग्राम चलाउँथ्यो, जसका कम्पोजर÷एरेन्जर प्रवीण गुरुङ्ग थिए । तर, तत्कालीन युवराज पारस शाहले हाँकेको गाडी दुर्घटनामा प्रवीणको निधन भएपछि व्याण्ड तितरबितर भयो ।
-युवराज श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>