रमझमबिहीबार, साउन २४, २०७०

राजधानीमा थारू चित्रकला

हिमालखबर

नेपालको समृद्ध थारू चित्रकला बल्ल यो वर्ष राजधानीमा प्रस्तुत हुन पायो। यसका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लोककला विभाग धन्यवादको पात्र बनेको छ, जसले असार अन्तिम साता नक्सालको नाफा हलमा आयोजना गरेको बृहत् चित्रकला प्रदर्शनीमा थारू कलालाई पनि सहभागी गरायो।

प्रतियोगितात्मक प्रदर्शनीमा डेढ दर्जन थारू चित्रकारले अष्टिम्की चित्रहरु प्रदर्शन गरे। कृष्णजन्माष्टमीताका बनाइने अष्टिम्की चित्रमा सृष्टिको कथासार हुन्छ। प्रदर्शनीमा हेकुली–३ रावत गाउँकी सरिता चौधरी थारु चित्रकलामा उत्कृष्ट भएर रु।१० हजार नगद तथा प्रमाणपत्र हात पारिन्।

अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिरहेकी सरिता वीरेन्द्र उच्च मावि हेकुली दाङमा पढाउँछिन्। आठ वर्षदेखि यस्तो चित्र बनाउन थालेकी उनले गाउँका गुरुवा रहेका बुबा रामशरणबाट यो विधाको महत्व थाहा पाएको बताइन्।

कृष्णजन्माष्टमीको दिन थारुका घरलाई अष्टिम्की चित्रकलाले सजाइन्छ र महिलाबाट पूजाआजा गरिनुका साथै रातभर कृष्णगाथा गाइन्छ। अष्टिम्की चित्रकार सरिता कृष्णगाथा गायिका र दशैंमा नाचिने सखियाकी नर्तकी पनि हुन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>