समाचारसोमबार, आषाढ ४, २०६९
बस र ट्र्याक्टर ठोक्किँदा पाँचको मृत्यु
दुर्घटनामा परी १६ याुत्र घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गए राति १० बजे भएको दुर्घटनामा परी देखतभुलीका निवास राना, साहिव राना, सोही ठाउँकी लक्ष्मी रानाको मृत्यु भएको छ भने मृत्यु भएका अन्य दुई जनाको हालसम्म सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।
चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेको कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव परीक्षणका लागि कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घाइतेको राति नै प्रहरीले उद्धार गरी अस्पतालमा भर्ना गराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
