समाचारसोमबार, आषाढ ४, २०६९

एमाले राष्ट्रिय कार्यकर्ता भेला शुरु

हिमालखबर

राष्ट्रिय सभागृहमा ४ असारमा शुरु भेलामा पार्टी अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले हिमालखबरलाई जानकारी दिए । संविधानसभा विघटन यताका परिस्थितिको विषयमा देशभरिका कार्यकर्तालाई पार्टीको धारणा अवगत गराउन पनि भेलाले मद्दत गर्ने भट्टराईले बताए ।

भेलामा पार्टी केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागका पदाधिकारी तथा सदस्यहरु सहभागी भएको एमालेले जनाएको छ । यसैगरी केन्द्रीय विभागका सचिवहरु, अञ्चल समन्वय कमिटीका सचिवहरु, जिल्ला कमिटीका अध्यक्षहरु, पार्टीका घोषित जनसंगठनका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष तथा महासचिवले भेलामा सहभागिता जनाएका छन् ।

राज्यपुर्नर्संरचनाको विषयलाई लिएर असन्तुष्ट बनेका आदिवासी जनजाति र मधेशी नेताहरुले भने भेलामा भाग लिएका छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>