ब्लगशुक्रबार, साउन २५, २०७०
इद मुबारक (फोटो फिचर)
रमजानको एक महिना लामो रोजा (ब्रत) सकिएपछि आउने इद–उल–फित्र मुसलमानको खुशीको पर्व हो । इदको अर्थ नै खुसीयाली भन्ने हुन्छ । वर्षभरका गल्ती कमजोरीको क्षमा याचना गर्ने, झै–झगडा बिर्सने चाडको रूपमा इद मनाउने गरिन्छ ।
इदका अवसरमा नेपालगञ्जको वीपीचोकमा रहेको इदगाहामा भेला भएर मुसलमानहरु सामूहिक नवाज पढी एकअर्कामा अंकमाल गरी शुभकामना साटासाट गरेका छन् भने वयस्क र बालबालिका समेत अन्य समुदायका आफ्ना साथीभाईलाई घर बोलाएर रमाइलो गरिरहेका छन् ।
इदमा जाकत (सम्पत्तिको साढे दुई प्रतिशत तिर्नुपर्ने कर) र फित्रा (दान) सबैभन्दा पहिले छिमेकका गरिब, असाहय, बालबालिकालाई दिने चलन छ । राष्ट्रिय हज कमिटि पूर्व अध्यक्ष मौलाना अब्दुल जब्बर मन्जरी आफूले खुशी मनाउँदा सबैलाई आफ्नो खुशीमा सहभागी बनाउनुपर्ने बताउँछन् ।