Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
स्तरहीन काम गर्दिनँ: कार्की - Himalkhabar.com

रमझमशुक्रबार, साउन २५, २०७०

स्तरहीन काम गर्दिनँ: कार्की

हिमालखबर

अरुले त अल्बम निकाल्नै छोडिसके नि ?
अहिले सङ्गीतको बजार राम्रो छैन । एउटा राम्रो अल्बम निकाल्दा रु.५–६ लाख खर्च हुन्छ, तर त्यसको ‘रिटर्न’ हुँदैन । यस्तो समयमा श्रोताले नबिर्सिउन् भनेर मात्र अल्बम निकालेको हुँ ।

क्यासेट–सीडी बिक्री घटे पनि डिजिटल बजार त बढेको छ हैन ?
हो, तर त्यसको ‘रिटर्न’ हुँदैन । सीआरबीटी भन्छन्, टेलिकम र म्युजिक कम्पनीहरुले आफैं खाइदिन्छन् । गीत हिट भए पनि गाउनेले केही पाउँदैन ।

विदेशमा धेरै बस्नुभयो नि ?

माओवादी आएपछि देशको माहोल डामाडोल हुँदा संगीत क्षेत्र पनि अछुतो रहेन । त्यसकारण, कार्यक्रमको लागि सिंगापुर गएको, एक वर्ष उतै बसें । त्यसपछि पनि नेपालको हालत नसुध्रेपछि ६–६ महीना गरेर अढाइ वर्ष उतै बसें । अहिले यतै छु ।

पछिल्ला वर्षमा चर्चामा हुनुहुन्न हैन ?

अहिले कामभन्दा बढी चर्चा चाहनेहरुको बोलवाला छ । म चाहिं चूपचाप काम गरिरहेको छु ।

पाश्र्वगायनमा पनि तपाईंको उपस्थिति देखिन्न नि ?
पहिला राम्रा निर्माता/निर्देशक फलानो हिरोको लागि फलानो गायकको स्वर मिल्छ भनेर गाउन बोलाउँथे । अहिलेका निर्माताहरु सस्तो गायक खोज्छन् र पाएसम्म आफैं गाउँछन् । अर्को कुरा, भल्गर टाइपका गीत गाउन अस्वीकार गरें । यत्रो वर्ष राम्रो काम गरेको छु भने अब किन स्तरहीन काम गरुँ ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>